हिमचुलि सहकारीको १५ औं वार्षिक साधारण सभा शुरु(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको सबै भन्दा ठुलो व्यवसायिक सहकारी संस्थाको रुपमा रहेको हिमचुलि कृषि सहकारी संस्थाले इकाई साधारण सभा शुरु गरेको छ । जिल्लाको तिलागुफा सेवा कार्यालयबाट शुरु गरेको साधारण सभामा संस्थाले तिलागुफा नगरपालिकाको वडा न.१ बजेडीचौरमा सहकारीका सदस्यहरुको उपस्थितिमा १५ औं वार्षिक साधारण सभाको इकाइ नम्बर एकको इकाइ बैठक सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष काली बहादुर महताराको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष तथा रास्कोट नगरपालिकाका प्रथम नगर प्रमुख काशिचन्द्र बरालको प्रमुख आतिथ्यतामा शुरु भएको साधारण सभामा संस्थाका गतिविधिका बारेमा अध्यक्षले कार्यक्रमका बारेमा प्रतिवेदन प्रस्तुत गरेका छन । संस्थाका मुख्यव्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले आगामि कार्यक्रम प्रस्तुत गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका काशिचन्द्र बरालले सदस्यहरुको जिवन परिवर्तनका लागि उत्पादनलाई जोड दिएर अघि बढ्ने गरी संस्थाले कार्यक्रम बढाउने बताएका छन । साधारण सभामा  सदस्यहरुले कर्जा लगानि,कृषि उत्पादन तथा सिप विकास तालिमका लागि योजना बनाउन अनुरोध गरेका छन । १५ औंं वार्षिक साधारण सभामा स्थानिय महिलाहरुले देउडा मार्फत सहकारी सम्बन्धि देउडा प्रस्तुत गरेका थिए ।

संस्थाले तिलागुफा नगर पालिकामा रहेका सदस्यहरुको उत्पादनलाई व्यवस्थित गरेर लैजाने उद्देश्यले संस्थाले योजना बनाएको सेवा कार्यालय व्यवस्थापक चन्द्रमणि आचार्यले बताए । हाल सेवा कार्यालयमा एक हजार बढि सदस्यहरु रहेका छन ।

जिल्लाकै व्यापारी केन्द्र रहेको नाग्म बजारमा संस्थाको सेवा कार्यालय रहेको छ ।

सहकारी स‌स्थाका हाल जिल्लाभर ११  वटा सेवा कार्यलय रहेका छन भने जिल्लाभर ६ वटा इकाइ साधारणा सभा गर्ने जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित