रास्कोटमा बृहत सिचाई आयोजनाको नगर प्रमुख शाही द्धारा सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । रास्केट नगरपालिकामा समुदायलाई सिंचाई सुविधाका लागि बृहत सिंचाई परियोजना शुरु भएको छ । रास्कोट नगरपालिका र स्थानिय पुर्वाधार सहयोग कार्यक्रम(एलआइएसपि) र रास्केट नगरपालिकाको सयुंक्त लगानिमा उक्त सिचाई आयोजना संचालन गरिएको हो ।

रास्कोट नगरपालिकाको एक करोड र स्थानिय पुर्वाधार सहयोग कार्यक्रम(एलआइएसपि)को एक करोड ४० लाख गरी कुल २ करोड ४० लाख लगानिमा  बृहत सिचाई आयोजना संचालन हुने भएको छ ।उक्त आयोजनामा साविकका तिन वटा गाविसमा सिचाई कुलो निर्माण गरिने बताइएको छ । रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही र कैलालि जिल्ला मोहन्इाल गाउँ पालिकाका अध्यक्ष देविदत्त उपाध्यायको उपस्थितिमा सिलान्यास गरिएको हो ।

साविकको सिपखाना गाविकासको क्षेत्तडी मुलबाट रास्कोट नगरपालिकाका वडा नम्बर १ देखि ३ वडामा सिचाई कुलो निर्माण गरिने भएको छ भने साविकको सिपखाना गाविसको वडा न.४ देखि ६ सम्मका समुदायलाई पाएक पर्ने भिडकुलोको निर्माण हुने भएको सहकर्मि टिकाराज उपाध्यायले बताए । उनका अनुसार साविकको फुकोट गाविस अन्तरगत रास्कोट नगरपालिका वडा न.७ देखि ९ सम्मका समुदायहरुका लागि बाख्रिकुलो काम हुने भएको हो ।
उद्घाटनका क्रममा रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले रास्कोट नगरपालिकाका लागि रास्कोट बृहत सिचाई आयोृजनाले नगर वासिका लागि ठुलो राहत हुने बताउदै काममा गुणस्तर कायम गर्न अनुरोध गरेका छन ।

उक्त आयोजनाका लागि साविकका गाविस स्तरमा मुल समिति र तल्लो स्तरमा २० जनाको समुहमा काम शुरु हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित