एकादेशका कथा जस्तै भए ठेटुवाको घाग्रा र दौरा शुरुवाल

7
SHARES
15
VIEWS

कालीकाेट । पचालझरना ४ सिकुकी ७१ वर्षीया धनि एैडीले केही वर्ष अघि सम्म मेशिनमा बुनेका कपडा देखेकै थिइनन् । उनले गाउँमा तयार गरेकाे ठेटुवाका घरबुना कपडा लगाउदै आएकी थिइन तर अचेल ठेटुवाका कपडा लगाउनु त परकाे कुरा भएकाे अहिले सपना झै‌ भएर देख्न छाडिन् । उनी स्थानीय उत्पादन ठेटुवाबाट बनाइने गामन र चोला लगाएर हुर्केकी हुन । उतिवेला ठेटुवाका आँगा,जगेला,दौरा–सुरुवाल, गामन घाग्रा,चोली लगाउने चलन थियो । तर, अहिले माथिल्लाे कर्णाली खस सभ्यता झल्काउने यी पहिरन हराउँदै गएका छन् ।


आयातित कपडाले ठाउँ पाएको र परम्परागत रुपमा उत्पादन र प्रयाेग हुदै आएकाे ठेटुवा लाेप हुन थाले पछि पहिलाे पटक पलाँले ठेटुवा उत्पादन शुरु गरेकाे हाे छ ।


जिल्लाकाे पलाँता गाउँपालिका–१ का स्थानिय सरकारले ठेटुवा उत्पादनका लागि गाउँमा तालिम स‌ँचालन गरेकाे छ। स्थानीय पहिरनका कच्चा पदार्थ  सँकलन गरेर गाउँमा उत्पादन हुनै छाडेपछि आयातित कपडाले ठाउँ पाएको र परम्परागत रुपमा उत्पादन र प्रयाेग हुदै आएकाे ठेटुवा लाेप हुन थाले पछि पहिलाे पटक पलाँले ठेटुवा उत्पादन शुरु गरेकाे हाे छ ।पलाता गाउँ पालिका १ का ‍‍‍‍  शिरी भण्डारीले अहिलेका कपडा लगाउदा आफुलाइ निद्रा समेत नआउने गरेकाे बताए । उनले भने पहिलेकाे गाउँमा तानन लगाएर उत्पादन गरेकाे ठेटुवा आफुहरुलाइ पथि (स्वास्थ प्रदक) हुने गरेकाे बताए ।

पलाताकाे सैनमा शुरु गरिएकाे ठेटुवा बुन्ने मेसिन

पलाँता गाउँ पालिका अध्यक्ष विष्णु राेकायाले पलाँतमा ठेटुवा उत्पादनमा जाेड दिने गरी अहिले तालिमकाे आयाेजना गरेकाे र सिप सिकेर समुदाय स्तरमा शुरु गरेकाे बताए । यस कार्यले बुढापाकामा खुशियालि छाएकाे समेत अध्यक्ष राेकायाकाे भनाइ रहेकाे छ । पलाता गाउँ पालिका उद्यम शाखाको आयोजनामा ठेटुवा वुनाइ सिप विकास तर्फ २० जना महिला तथा पुरुषलाइ तीन महिने तालिम शुरु गरिएको बताइएको छ ।


परम्परागत वालिनालि उत्पादन र सँस्कृति तर्फ उन्मुख हुन थाल्नु पर्दछ । -स्थानिय सरकार


कालीकाेटका मेलापर्वमा परम्परागत गीत पनि सुनिन छाडेको छ ।बुढा पाकामा सिमित हुन थालेकाे कला सँस्कृति लाेप हुनुमा युवा पुस्तामा पश्चिमेलि सँस्कृतिकाे शुरुवाति नक्कल हुुनु समस्या रहेकाे देउडा खेलाडी नयाँ खड्का बताउछन ।उनले भने हाम्रो भन्दा बुवा बाजेहरुकाे पालामा गाइने झोडा, मागल, धारु, रत्यौली, छैटी, बालो नाच, आरती हराएर सुनिन छाेडेका छन् ।

पहिला वनपाखामा गुञ्जिने देउडा, ठाडी भाका त एकादेशका कथा जस्तै भए । संरक्षण र पुस्तान्तरण नहुँदा कालीकाेटे संस्कृति लोप हुन थालेकाेमा उनमा चिन्ता जागेकाे छ। आफ्ना दिन गैसके भाेलीका तन्नेरी हामी जस्तै गर्ने हुन की नाइ भन्ने लागेका छ ।


गाउँमा विहेमा स्वागतका लागि मागल भन्ने चलन अहिले बुढा पाकामा सिमित रहेकाे रास्काेट ३ की गाेरीकला याेगिकाे भनाइ रहेकाे छ । उनले आफुहरुले मागल भनेर स्वागत गर्ने र राम्राे काममा स्वभायमान हुने गरेकाे अहिलेका युवा युवतिलाइ झन्झट लाग्ने गरेकाे उनकाे भनाइ रहेकाे छ ।


तिन महिने ठेटुवा बुनाइ तालिम समापन #पलाता

उहिले  छाेरा जन्मदा छै‌टाै‌ँ दिनमा घरमा आफन्त आउदा रमाइलाे गरेर मारुनि नाच नाच्ने चलन हराएकाे इन्दसराकाे भनाइ रहेकाे छ । आफु लगाएतका समुदायहरुले निकै मन पराइने उक्त गित नाम समेत उच्चारण नभएकाे भनाइ छ ।त्यति मात्र हाेइन माघे सँक्रान्तिमा मुढा बालेर  आगो ताप्दै महिलाहरू रातभरि देउडा खेल्ने चलन थियो  पनि हराएकाे रास्काेटका ददि राेकायाले बताए।उनले भने अहिले भए नभएका गितहरु डेग(डिजे )मार्फत बजाएर रमाइलाे गरेकाे मन नपरेकाे बताउछन ।

गाउँमा विहेमा स्वागतका लागि मागल भन्ने चलन अहिले बुढा पाकामा सिमित रहेकाे रास्काेट ३ की गाेरीकला याेगिकाे भनाइ रहेकाे छ । उनले आफुहरुले मागल भनेर स्वागत गर्ने र राम्राे काममा स्वभायमान हुने गरेकाे अहिलेका युवामा झन्झट लाग्ने गरेकाे उनकाे भनाइ रहेकाे छ ।


पहिला वनपाखामा गुञ्जिने देउडा, ठाडी भाका त एकादेशका कथा जस्तै भए । संरक्षण र पुस्तान्तरण नहुँदा कालीकाेटे संस्कृति लोप हुन थालेकाेमा समुदायमा चिन्ता जागेकाे छ। आफ्ना दिन गैसके भाेलीका तन्नेरी हामी जस्तै गर्ने हुन की नाइ भन्ने लागेका छ ।


पछिल्लाे समय गरगहना देखि रहन सहनमा आएकाे परिवर्तनमा बुढा पाकाहरु भने केही बाेल्न चाहदैनन । केही भन्याेकी हपार्ने गरेकाे बुढापाकाकाे भनाइ छ । आफुहरुकाे पालामा गाउँ घरमा आपसि सहयाेग देखि अन्य भावनाहरु निकटतम हुने भए पनि अहिलेका मान्ठमा छुचाेपन रहेकाे पचालझरनाका धन्नाम खड्काले आफ्नाे कुरा राखे । उनले भने अहिले केही भन्याे की जवाफ फर्काउने चलन आयाे । आफुले ठुलाे हु‌दा समेत बुढापाकाकाे अगाडी बाेल्न आ‌ँट आउन सक्दैन थ्याे ।

ठेटुवा बुन्दै एक स्थानिय महिला पलाताकाे सैन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित