कालीकाेटमा कागुनाेकाे माग बढ्याे,उत्पादन न्युन

7
SHARES
15
VIEWS

कालीकाेट ।कालीकाेटमा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ । यहाँका  स्थानीय तहमा उत्पादन हुने रैथाने बाली मध्ये कागुनो पनि एक हो । जिल्लाका किसानले विस्तारै सो खेती गर्न छाडेको पलाता गाउँपालिका किसान हरीचन्द्र न्याैपानले बताए ।

कागुनोको उत्पादन कम भए पनि माग बढेको कालीकाेटकाे मान्म बजारमा रहेको हिमचुलि अर्गानिक पसलका जयकृष्ण अाचार्यले बताए । किसानले उत्पादन गरेकाे कागुनोको चामल माग बढे स‌ँगै पाउन कठिन भएकाे हाे । कागुनोको चामलको माग बाह्र्य क्षेत्रमा बढ्न थालेकाे हाे ।

गाउँमा उत्पादन गर्न छाेडेपनि विभिन्न सँघ स‍ँस्था र निकायहरुले उत्पादन बढाउन चेतना फैलाए सँगै उत्पादन तर्फ किसानकाे चासाे बढेकाे हाे । अहिले कालीकाेटका ग्रामिण क्षेत्रमा कृषकहरुबाट खरिद गरी बिक्री हुन थालेकाे बताइएकाे छ ।

कर्नालि राजमार्ग हुँदै रारा घुम्न आउने पर्यटकहरुले कागुनोको चामल सिमि राताे मार्सि चामल खोजीखोजी लिने गरेको हिमचुलि अर्गानिक पसलका कर्मचारी जयकृकष्ण अाचार्यले बताएका छन । नेपालका विभिन्न जिल्ला तथा विदेशमा  समेत कागुनो लगाएतकाे अर्गानिक बस्तु लैजाने गरेका अाचार्यकाे भनाइ रहेकाे छ ।

हिमचुलि कृषि सहकारी संस्थाका मुख्यव्यवस्थापक जगेन्द्र अाचार्यका अनुसार कागुनो कुट्न परम्परागत रुपमा हातले कुट्ने गरेकाे र थप प्रविधिकाे लागि अघि बढेकाे बताए। कागुनोको भात मात्र नभइ पिठो बनाइ अन्य परिकार बनाइ खान मिल्ने भएकाले सबैकाे माग बढेकाे उनकाे भनाइ रहेकाे छ । अहिले काेदाे,फापर,जनालाेकाे समेत माग बढेकाले गाउँमा अावश्यक परे अनुसार पाउन कठिन भएकाले कृषि उत्पादनमा सदस्यलाइ खेति गर्न  याेजना अघि बढाइएकाे सहकारीका सँस्थाका सँस्थापक अध्यक्ष काशीचन्द्र बरालले बताए । उनले भने अब जिल्लाका सबै सदस्यहरुकाे उत्पादन सँकलन सँस्थाले गर्ने बताएका छन ।

जिल्लाभरका सदस्यहरुलाइ अर्गानिक उत्पादनका लागि सबैलाइ अाव्हान गरिएकाे र उक्त काम पहिलाे चाैमासिकमा शुरु भएकाे हिमचुलि सहकारी सँस्थाका अध्यक्ष काली बहादुर महताराले बताए । त्यसका लागि जिल्लाकाे रास्काेट र नरहरिनाथमा स‌ँकलन केन्द्र शुरुवात गरिएकाे र निकट भविष्यमा महाबै र तिलागुफामा सँकलन गर्न शुरु गरिने अध्यक्ष महताराकाे भनाइ रहेकाे छ ।

कालीकाेटमा कागुनो समुद्री सहत देखि दुई हजार मिटर माथिको उचाइमा उत्पादन हुने गरेकाे । कागुनोको उन्नत जातकाे विकास गर्न स्थानिय र विकासे कागुनोका जातहरु सङ्कलन गरी उत्कृष्ट जातको पहिचान गर्नु पर्नेमा कृषकहरुले माग गरेका छन ।

कालीकाेटमा कमै ठाउँमा कागुनाे हुने भएकाले सबै तिर अघि बढाउन पहल जारी रहेकाे कृषि विकास कार्यलय कालीकाेटले जनाएकाे छ ।

 यि हुन कागुनाेकाे फाइदाहरु 

विश्‍वका प्राचीनतम अन्नबालीहरूमध्ये कागुनो (Foxtail millet: Setaria italica (L.) Beauv) पनि एक हो। नेपालको पहाडी क्षेत्रमा खेती गरिने यो बाली कोदोबालीअन्तर्गत पर्दछ। फ्याउराका पुच्छरजस्ता बाला हुने भएकोले अङ्ग्रेजीमा यसलाई फक्स्टेल मिलेट (Foxtail millet) भनिन्छ।

नेपालका रामेछाप, गोरखा, लमजुङ, डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, बाजुरा र बझाङ जिल्लाहरूका असिञ्‍चित, कमसल, सीमान्त वा रूखो जग्गामा यसको खेती गर्ने गरेको पाइन्छ। नेपालमा कागुनोको औसत उत्पादन ८१५ के जी प्रति हेक्टर छ। पोषणका दृष्टिले प्रोटिन, चिल्लो पदार्थ र खनिज पदार्थका आधारमा धान र गहुँ भन्दा कागुनोलाइ श्रेष्ठकर मानिन्छ।

कागुनो प्रायस् फागुनमा मकैसँगै छरिने छिटो पाक्ने अन्न हो । यसलाई धानजस्तै सुकाएर ढिकीमा कुटी चामल निकालेर भात खाइन्छ । ग्लुटोनरहित प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता खनिज पदार्थका लागि कागुनोलाई दैनिक खानामा समावेश गर्न सकिन्छ ।

विशेषताकागुनोमा ठोस फाइबर हुने हुँदा पाचन क्रिया सहज हुन्छ । मधुमेह अथवा सुगरका रोगीहरूका लागि सेतो चामलको साटो कागुनो बढी स्वस्थकर मानिन्छ ।

रक्तचाप नियन्त्रणमा पनि यसको महत्वपूर्ण योगदान हुन्छ जसका कारण हृदयाघातको जोखिम कम हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ ।चिनोकागुनोजस्तै यो पनि ग्लुटोनरहित खाद्यपदार्थ हो जसमा निकै मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, निएसिन (भिटामिन बी ३) तथा एसिडजस्ता खनिज पाइन्छ । नेपालमा हालसम्म कागुनो बालीको खासै अनुसन्धान नभएकाले कुनै पनि उन्नत जातहरू सिफारिस गरिएका छैनन् ।

नेपालमा खेती गरिने कागुनोका स्थानीय जातहरू कालो कागुनो, सेतो कागुनो, रातो कागुनो,पहेंलो कागुनो, खैरो कागुनो, सानो कागुनो, ठूलो कागुनो आदि नामले चिनिन्छन् । जीनबैंकमा संरक्षित बिभिन्न जिल्लाका ३० किसिमका कागुनोका नमूनाहरू अनुसन्धान गर्दा पाक्ने अवधि, बोटको उचाइ, बालाको साइज,पात र दानाको रङ, झुस र टुँडोका आधारमा विविधता पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित