‘छोरा मारे, सहारा खोसे’ रुकुम घटनाका पीडित आमाहरु को पिडा

7
SHARES
15
VIEWS

काठमाडौं,असार । गएको १० जेठमा जाजरकोटबाट प्रेमिका भनिएकी किशोरी भगाउन गएका युवाहरूमाथि रुकुम पश्चिमको चौरजहारी–८ सोतीमा गरिएको सामूहिक आक्रमणमा ६ युवाले ज्यान गुमाए।

घटनामा संलग्न भएको आरोपमा जिल्ला अदालत रुकुमले १० असारमा वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा र दुई जनालाई बाल सुधारगृहमा राख्न आदेश दिएको छ । आरोपितहरू सजाय नपाई छुट्ने हुन् कि भन्दै मृतक युवाका आमाहरूले अदालतमै धर्ना कसेका थिए। पीडितले न्यायका लागि आन्दोलन गरिरहँदा रुकुम पश्चिमकाे सोती पुगेकी हिमालखबरकर्मी शुष्मा बरालीले मृतकका आमाहरूसँग गरेको कुराकानीमा आधारित रिपोर्ट–

हत्या गरिएका ६ जना युवा (बायाँबाट क्रमश:): नवराज विक, गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गाेविन्द शाही। 

दुई वर्षअघि माइतीगाउँ जाजरकोटको ठाटीबाट घर मटेला फर्किने क्रममा गाडी दुर्घटनामा लक्ष्मी सुनार (३९) का श्रीमानकाे मृत्यु भयो । सँगै रहेकी कान्छी छोरी अपाङ्ग बनिन् । लक्ष्मी एक्लैको जिम्मामा दुई छोरा र छोरीको जिम्मेवारी आइपर्‍यो।

कमाउने एक्ला बुवा बितेपछि लक्ष्मीका जेठा छोरा रामबहादुर मलेशिया जान बाध्य भए । घर जसोतसो दुःखले चलिरहेकै थियो। तर, गएको १० जेठमा लक्ष्मीको जीवनमा कहिल्यै नपुरिने अर्को पीडा थपियो।

पश्चिम रुकुमको सोती गाउँमा भएको सामूहिक हत्याकाण्डमा उनले कान्छा छोरा लोकेन्द्र (१८) लाई गुमाइन्।

घटनामा प्रेमी भनिएका नवराज विक लक्ष्मीकी आफ्नै दिदीका छोरा हुन् । नवराजकै विवाहको लागि केटी भगाउन १७ जना साथीसहित गएका थिए, लोकेन्द्र पनि।

छोराको हत्यापछि न्यायका लागि लडिरहेकी राधिका पोस्टमार्टम रिपोर्ट गलत निकालिएको भन्दै विरोधमा उत्रँदा प्रहरीको कुटाइबाट घाइते पनि भइन् । तर, त्योभन्दा गहिरो जवान छोरो गुमाउनुको चोट हृदयमा छ।

नवराजकै साथ लागेर जाने अर्का युवा थिए गोविन्द शाही (१९)। जब नवराजको शव भेटियो, आमा भीमाकुमारीको मनमा पनि चिसो पस्यो । उनले गोविन्दका दाजु सन्देशलाई सोधखोज गर्न अह्राइन्।

#हिमाल खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित