हिमचुलीको नेतृत्वमा सम्पूर्ण सहकारी मर्जर गर्नु पर्छ-पचालझरना अध्यक्ष शाही

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले हिमचुली सहकारी संस्था जस्तै काम गर्ने हुनु पर्ने बताएका छन।

संस्थाको १५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष शाहीले उक्त कुरा बताएका छन। पचालझरना सेवा कार्यालय स्तरिय छ नम्बर इकाइ वैठक पडेक्षामा सयौ महिलाहरुको उपस्थितीमा बोल्दै अध्यक्ष शाहीले अब पचालझरनामा रहेका सहकारीहरुको मर्जर गरेर नमुना रुपमा अघि बढाइने बताए ।

उनले भने अहिले अनुदान खाने नाममा सहकारी दर्ता हुने गरेकाले तत्काल रोकेर मर्जर अभियान अघि बढाइने बताए । पचालझरनामा हिमचुली सहकारी संस्था लि. का १ हजार एक सय सदस्य रहेको बताइएको छ। उक्त कार्यक्रममा पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बम लगाएतका अतिथिले हिमचुली सहकारीले सदस्यको जिवन परिवर्तन तर्फ अघि बढेको र आगामी दिनमा थप प्रगतिको कामना गरेका छन ।

सो वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष काली बहादुर महताराले वार्षिक प्रगति प्रतिवेदन र मुख्य व्यावस्थापक जगेन्द्र आचार्यले संस्थागत गतिविधि सहित आगामी कार्यक्रमको बारेमा जानकारी गराएका थिए। १५ औं वार्षिक साधारण सभामा महिलाहरुले देउडा तथा एकल गित प्रस्तुत गरेका थिए।

हिमचुली सहकारीका हाल जिल्लाभर एघार वटा सेवा कार्यालय का इकाइ साधारण सभा शुरु भएको बताइएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित