हिमचुलि सहकारी सबै अटाउने संस्था हो-संस्थापक अध्यक्ष बराल

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि कृषि सहकारी संस्था लि.का संस्थापक अध्यक्ष काशीचन्द्र बरालले पलांतामा सम्पन्न भएको १५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सहकारी सबै खालका समुदायको सहभागिता रहेको बताएका छन ।

संस्थाको १५ औं वार्षिक साधारण सभाका क्रममा पलांतामा संचालन भएको इकाई बैठकलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि काशीचन्द्र बरालले हिमचुलि सहकारी हिजो एक किसिमले अघि बढेको भएपनि अहिले सबै क्षेत्रका समुदाय,राजनैतिक दल प्रति आस्थावान समुदायको सहभागिता रहने गरेको बताएका हुन ।

संस्थाका जिल्लाभर शुरु भएको इकाई साधारण सभाका क्रममा सहभागि संस्थापक अध्यक्षले अब कालीकोट जिल्लामा सदस्यहरुको अर्गानिक वस्तु उत्पादन तथा बजारीकरणका लागि संस्था अघि बढेको र त्यसका लागि सबै सदस्यहरुले उत्पादनमा जोड दिन अनुरोध गरेका छन ।

कालीकोट जिल्लामा २०६५ सालमा स्थापना भएको सहकारीका हाल १४ हजार बढि सदस्यहरुमा विभिन्न कारोबार गर्दै आएकाले आगामि दिनमा सहकारीले सदस्यहरुको जिवन परिवर्तनका लागि योजना बनाई अघि बढाउने र ग्रामिण क्षेत्रमा प्रचुर सम्भावना रहेकाले सबैको जांगर हुनु पर्नेमा जोड दिएका छन ।

संस्थापक अध्यक्ष बरालले सहकारीले मात्र समुदायको जिवनमा परिवर्तन ल्याउने र त्यसका लागि सहकारी मार्फत व्यवसाय प्रवद्धन र सिप विकासका लागि अग्रसर हुने बताए ।
कालीकोट जिल्लाका ९ वटै स्थापनय तहमा सेवा कार्यालय स्थापना गरेको संस्थाका हाल ४६ जना कर्मचारी र विभिन्न कारोबार गर्दै आएको छ । संस्थाले दुध डेरी,कोल्डस्टो,सुपथ मुल्य पसल,अर्गानिक पसल संचालन,सौर्य उर्जा कार्यक्रम,एग्रोभेट लगाएका कार्यक्रम शुरु गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित