पृष्ठभुमी :
प्रकृतिक प्रकोप निकै शक्तिशाली र भयानक ढंगले आउने गर्दछ ।यो जहिले पनि अप्रत्यासित नै हुने गर्दछ मानबिय कर्मले सृजना गरेका भाैतिक संरचना देखि मानबिय शक्तिलाई च्यालेन्ज दिने गरि आउने गरेको छ मात्र होईन कल्पना भन्दा निकै बाहिर छ । कहिले कति र क कस्लाई भन्ने कुराको कुनै ग्यारेण्टी नै हुदैन सबैलाई थाहा भएकै कुराहो प्रकृतिक प्रकोप भित्रको सबै भन्दा डरलाग्दो भनेको बिनासकारी भुकुम्प नै हो जस्ले सेकेण्डमै अपत्यारिलो नोक्सानी पुर्याउछ ।
यस को कुनै उपाय नै हुदैन बिज्ञान को उच्चतम बिकास पछीको कुरा भन्नत सकिँदैन हालसम्म कुनै पनि बिकल्प छैन पुर्ब सतर्कता बाहेक । कयौ पटकका प्राकम्पनहरु विशेष गरि २०७० साल र २०८० साल कार्तिक १७ गते जाजरकोट बारेकोट रामीडाडा लाई केन्द्र बिन्दु बनाएर अाएको बिनासकारी भुकुम्प नै सबै भन्दा हानिकारक छ। यस्ले देशलाई नै शोकमग्न बनायो । सम्बन्धित ठाउहरुको त्यो क्षतबिक्षेत हेर्दा निकै कहालिलाग्दो नै छ ।
प्रकृतिक प्रकोपले उत्पन्न समस्या समाधान का लागि को कति सक्रियरुपमा खट्यो कस्ले कति मात्रामा सहयोगी हातहरु बडायो अर्थात कस्ले कति मानबिय कर्तब्य पूरा ग-यो जो निस्वार्थ छ । भन्ने कुरा मुख्य छ । दलाल संसदिय ब्यबस्थाले बसालेको थिती भनेको कुनै पनि घटना घट्दा त्यस्लाई राजनितिक करणगर्ने समाजिक दृष्टिकोण बाट एकाएक अलग थलग पार्ने जुन प्रचलन छ यो समाजमा घट्ने हरेक घटना बाट जान्न बुझ्न सकिन्छ जो यतिबेला भुकुम्प प्रभाबित क्षेत्रमा पनि ब्यक्त भएको पाईन्छ । यस्को निराकरण कसरी गर्न सकियला समाजलाई एकताबद्द गर्ने र समाजमा घट्ने हरेक घटनालाई न्यायपुर्ण र उचित ढंगले क्रमस समाधान गर्ने उपायको खोजी कसरी गर्ने त्यो भनेको पावर सो को रितिथिती को अन्त्यको कुरा हो लाई हल कसरी गर्ने , ब्यबस्था परिबर्तनको अभास अनिमात्र जनता ले गर्ने छन ।
यी सबै बिषयमा यति बेला जाजरकोटलाई केन्द्र बिन्दु बनाएर आएको बिनासकारी भुकुम्प ले पु-याएको क्षेति र राहात उद्दार र पुर्नर्निमाण मा पार्टी ले जुराएको माैका ले नियालेरै बुझ्ने अवसर प्राप्त गरायो जे देखियो त्यही उल्लेख गर्ने जमर्को गरिएको छ यो लेखमा ।
बिनासकारी भुकुम्पले गरिएको क्षति :
२०८० साल कार्तिक १७ गते राति आएको बिनासकारी भुकुम्प ले जाजरकोट जिल्ला को बारेकोट गाउपालिका रामी डाडा लाई केन्द्र बिन्दु बनाएर अाएको थियो ले जाजरकोट, रुकुम र सल्यान लाई ठूलो क्षति पु-याएको थियो र छ । यसै को सिलसिलामा जाजरकोटमा भएको मानबिय क्षति भौतिक क्षति र बिस्थापित नागरिक को समस्या को बिषयमा बुँदागत रुपमा उल्लेख गर्नु पर्दा जाजरकोट मा मात्रै मृत्यु हुने को संख्या १०१ पुगेको छ ।
घाईतेहरुको संख्या ११२ जना रहेको छ जाजरकोट मा जम्मा ७ वटा स्थानिय तह रहेका छन ।मानबिय क्षतिका हिसाब ले नलगाड नगरपालिका , भेरी नगरपालिका र बारेकोट गाउपालिका नै बढी रहेका छन भने छेडागाड नगरपालिका ,कुसे गाउपालिका , जुनिचादे गाउपालिका र शिवालय गाउपालिका मा भौतिक क्षति गरेको छ । बस्न लायक का घर केही बाहेक सबै छैनन् ।
माटो र ढुङ्गा का घरहरु प्राय: जसो पुर्नर्निमाण गर्ने मै देखिन्छन् । अहिले धेरै जसो जाजरकोटबासी समुदाय हरु सितझरीको सामनागर्दै पालको टहरामुनिको बास खेपिरहेका छन् । केही ठाउमा खानेपानी र सिचाई को निकै ठूलो अभाव छ ।सार्बजनिक भवनहरु पनि क्षतिग्रस्त अबस्थामा रहेका छन । यो सबै कोणबाट हेर्दा जाजरकोट नै एकनम्वर क्षति ग्रस्त जिल्लामा पर्नेमा कुनै बिबाद छैन तर जुन प्रकारको उद्दार , राहात र पुर्नर्निमाण मा तदारुक्ता र सरकारी वा गैरसरकारी सस्था हरुको हुनु पर्नेहो त्यो चहलपहल प्राय: सुन्यजस्तो देखिन्छ ।
उद्दार,राहात र पुर्नर्निमाण बारे :
प्रकृतिक बिपत्ति कुनै एक ठाउँ एक मान्छे लाई मात्र पर्ने कुरा होईन यो जोकोहिले जतिबेला पनि सामना गर्ने कुराहो जस्लाई जतिबेला परेपनी त्यसमा सहयोग गर्नु मानबिय कर्तब्यनै हो ब्याक्तिहोस वा संस्था जोभएपनी ।
कयौ पार्टी संघ संस्था सरकारी निकायहरु विशेष गरि सेना पुलिसहरु नै बिपत्तिको उद्दार राहात र पुर्नरनिर्माण मा अग्रसर हुने गरेका छन । कोही भित्री मन देखि त कोही बाध्यता ले जेहोस प्ररम्भिक चरण मा उद्दारको काममा सबै भन्दा बढी सक्रियता र उद्दार घाईतेहरुको थियो जुनकाम सरकार ले आफ्नो भुमिका पूरा गरेको छ मृतक को सव ब्यबस्थापन ढिलैभएनी हुनेकुरा भैहाल्यो तर अन्य पसु चौपाय देखि समान ओसारपोसारमा निकै ढिलाई भएको देखिन्छ तथापी पनि भयो । तर रहात बितरण को कुरा जहाँ सम्म छ जिल्ला भरी प्ररम्भिक चरणको रीर्पोट लाई आधार मान्ने हो भने जिल्ला भरी हाल सम्मका पालका टहरा हरु ८००० को सेरोफेरोमा छन ।प्रत्येक नगर / गाउ र वडापालिकाले चामल तेल लगायत राहात सामाग्रिहरु बितरण गरिरहेका छन तर पुग्नै पर्ने ठाउमा नपुगेको गुनासो भने जोडतोडले उठेकै छ भने पुर्नर्निमाणको काम मा भने प्रक्रियागत ढिलासुस्ति भएकै छ तथापि विभिन्न राजनितिक दल संघ संस्थाबाट निर्माण गरिने अस्थाई टहरा भने बनाउने क्रम जारी छ ।
संख्यामा होडबाजि बाहिर जे चलिरहेको छ भित्र त्यो स्केलमा नभएपनी जनता हरु लाई खुला आकाशमा बस्नु पर्ने थिती त छैन तै पनि झाराटार्ने कर्तब्य पूरा गर्ने महामारी भने निकै चलेको छ हाम्रो पार्टी स्वयम् सेबक ले यति घर निर्माण उतीघर निर्माण गरेको फेसबुकमा प्रतिस्पर्दा का लागि भएपनी टहरा वास्तविक बस्न लायक भएकी भएनन ध्यान नगएको बुझिन्छ ।
त्यस्मा पनि जे जस्ता निर्माण गरिएपनी राजनितिक पार्टी मुख्यगरी नेपाल कम्युनिष्ट पार्टी एमाले माके र नेपालिकाग्रेस र क्रान्तिकारी माओवादी पार्टी नै फिल्डमा देखिएका थिए हाल सम्म नेकपा मात्रै फिल्डमा उपस्थित मात्रै हैन निरन्तर निर्माण कार्यमा जुटिरहेको छ । अरुको भन्दा फरक स्टामेट का आकर्षक अस्थाई घर नेपाल कम्युनिस्ट पार्टी ले निर्माण गरेको छ पार्टी केन्द्रीय कार्यलय ले नेपाल सरकार रहातकोषमा जम्मा गरेको एक लाख देखि अाफैले उत्पादन गरेको चामल बितरण देखि देशैभरीबाट पठाएको राहात महासचिव क बिप्लब सी र प्रबक्ता क प्रकाण्ड सी कै नेतृत्वमा प्रत्यक्ष राहात हस्तान्तरण र अस्थाईघर निर्माण र हस्तान्तरण त्यो पनि अति बिपन्न श्रमिक समुदाय भित्रको लाई गर्दाको प्रभाव देशैभरी विशेष गरि जाजरकोट रुकुम लगायत भुकुम्प प्रभाबित ठाउहरुमा निकै सकारात्मक परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली ब्युरो ईन्चार्ज क संगम सिकै नेतृत्वमा ३६ घर मा उद्दार गरिएको र दोस्रो तेस्रो चरण गरि करिव ४ दर्जन बढी अस्थाई घर निर्माण क डा प्रकाश सी को नेतृत्वमा जिल्लाका बिभिन्न ठाउँ गरि ५०० जना लाई दिएको स्वास्थ्य उपचार को प्रभाव निकै सकारात्मक रहेको छ यो कार्यले सिङ्गो देशभरी सकारात्मक सन्देश दिएको छ । भने जिल्ला पार्टी ले बिबरण संकलन राहात बितरण देखि पुर्नर्निमाण मा गरेका अन्य पहल हरु निकै मनन्योग्य रहेका छन । आम जाजरकोटी जनता को मन जित्न सफल नेकपा प्रति जनताको आकर्षण दिन प्रतिदिन बढेको छ ।
सिमा समस्या र निस्कर्ष :
दलाल संसदिय ब्यबस्था र त्यो बाट निर्देशित संसदिय राजनितिक पार्टीका क्रियाकलाप मा कुनै नयाँ पन नदेखिनु मुख्य समस्या रहेको छ सरकारी राहातलाई पार्टीको राहातको रुपमा जनतामा देखाउन खोज्ने समस्यादेखी नातावाद कृपावाद भेगियता जस्ता पुरानै समस्या ले जाजरकोटका संसदिय राजनितिक दल माथी उठ्न सकिरहेका देखिएनन । संघसंस्थाहरु पनि आस्थावान पार्टीकै निर्देशन मा चल्ने जस्तो संस्थाले दिएको राहात पनि पार्टीले दिएको देखाउन खोज्ने प्रबृती पनि पाईयो ।
दुरदराजका बस्ती र पिडित पिडितत नै होईनन जस्तो बुझाई कायमै छ सदरमुकाम वरिपरि र पारवाला हरु का लागि मात्रै रहात जस्तो बन्न खोजेको पाईन्छ । कुनै ठाउमा एक पाल बाहेक केही पनि नपाएको गुनासो सुनिएको थियो यस्को बारे नेपाल कम्युनिष्ट पार्टी जाजरकोट ले अनुगमन को योजना पनि बनाएको छ यी र यस्ता समस्याको सिकार भएको भुकुप्प प्रभाबित जिल्ला जाजरकोटमा सरकारका जिम्मेवार निकाय र नेपाल कम्युनिष्ट पार्टी ले अनुगमन को कार्यलाई तिब्र पार्नु पर्ने निर्माण कार्य लाई निरन्तरता दिनु पर्ने नेकपा दक्षिण कर्णाली र मध्यकर्णाली मात्र होईन अन्य छिमेकी ब्युरो ले जनशक्ती आर्पुर्ति गर्नु पर्ने निस्कर्ष रहेको छ ।धन्यवाद ।
लेखक : नेकपाका केन्द्रिय सदस्य तथा वाँके जिल्ला इन्चार्ज हुनुहुन्छ ।
Discussion about this post