Skip

News Portal

  • स्वर्गिय विष्णु शाहीको सम्झनामा लंक शाहीको गित मार्फत भावुक सन्देश

    लंक बहादुर शाही१ पौष
    २८५० पटक
    १ पौष

    पिडा . . .
    मुटु पाेल्ने घाउ लगायाै कुन आगाेले सेकु
    श्रद्धाञ्जली यति छिट्टै म कसरी लेखु ।।

    जुनी काट्ने बाचा भन्थाै आजै किन ताेड्याै
    फुलकी काेपिला छाेरी कस्का जिम्मा छाेड्याे।।

    सधैंभरि राख्छु भन्थ्याै मुटु भित्र माज
    म रुवाइ दुनियाँ रुवाई किन छाेड्याै आज।।

    पापी कालले लुटि दियाे जिन्दगीका सैना
    खुडि रित्तो बनाई आजै उडिगैके मैना।।

    जीवनको मायाकाे डाेरी बिचैमा चुडिगइ
    खाेलेसका चल्ला छाेडी मैना का उडिगइ।।

    मलाई मात्रै किन भयाे आकाश खस्या जसाे
    भएन मुगाका माल माया बस्या जसाे ।।

    याे जुनिमा यस्तै भयाे उहीँ जुनि भटाैला
    बैकुण्ठ दरबार लाउनु तेहि माया मेटाैला।।

    आज विश्वास हनन भयाे मायाकाे धर्ममा
    जुनि भरि सगै बस्नु रैनछ कर्ममा ।।

    दुबै दिनकाे पाहुना जस्तै भयाे झलिमलि
    स्वर्गमा बास हाेस् तिम्रो हार्दिक श्रद्धाञ्जली ।।

    लंक शाहीको पत्नि विष्णू शाहीको मंसिर २८ गते उपचारका क्रममा सुर्खेतमा निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस्