Skip

News Portal

  • हिमचुलि सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न,५ जना कर्मचारी सम्मानित

    रुपेन्द्र ऐडी२ पाैष
    ३२९ पटक
    २ पाैष

    कालीकोट । हिमचुलि कृषि सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला स्तरमा ६ वटा एकाई साधारण सभा शुरु गरेको संस्थाले आज एकाई प्रतिनिधिहरुको सभा गरेर साधारण सभा सम्पन्न गरेको छ ।

    उक्त साधारण सभामा पूर्व मन्त्रि टेक बहादुर बस्नेत,जिल्ला समन्वय समिति कालीकोटको उपप्रमुख मिना रावत(विक),संस्थापक अध्यक्ष काशिचन्द्र बराल,नेपालि कांग्रेस,एमाले,माओवादी केन्द्रका नेताहरुका साथै प्रमुख जिल्ला अधिकारी गणेश नेपालि लगाएतका नेता तथा प्रतिनिधिहरुले देशमा सहकारीहरुले गरेको बदनामको विचबाट हिमचुलि सहकारीले आफ्नो साख बचाउन सफल भएको र आगामि दिनमा संस्था अझै फस्टाउदै जानेमा शुभकामना मार्फत मन्तव्य दिएका छन ।

    संस्थाका अध्यक्ष काली बहादुर महताराले संस्थाको वार्षिक प्रगति प्रतिवेदनका साथै कोषाध्यक्षले आर्थिक प्रतिवेन र मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले चालु आर्थिक वर्ष २०८०।०८१को योजना र आन्तरिक लेखापरिक्षक मनिका बोहराले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन माथि छलफल गर्दै सदस्यहरुले ग्रामिण क्षेत्रमा व्यवसायिक क्रियाकलापहरुलाई विस्तार गर्नु पर्नेमा जोड दिएका छन ।

    संस्थाको १५ औैं वार्षिक साधारण सभामा विभिन्न विधामा ५ जना कर्मचारी सम्मानित भएको बताइएको छ । जसमा तिलागुफा सेवा कार्यालय व्यवस्थापक चन्द्रमणि आचार्य,पचालझरना सेवा कार्यालय व्यवस्थापक सतल रोकाया,फिल्ड सहायकहरु राधिका शाही,मनोज शाही र चरित्र भण्डारी समानित भएको मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताएका छन ।

    उक्त साधारण सभाले जिल्लाका विभिन्न ठाउँमा संचालनमा आएका सेवा केन्द्रलाई कृषि वस्तु खरिद विक्रिका लागि संकलन केन्द्रका रुपमा विस्तार गर्ने लगाएतका निर्णय गरेको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताएका छन । संस्थाका जिल्लाभर ११ वटा सेवा केन्द्र,४६ जना कर्मचारीहरुका साथै ३२ करोड कर्जा प्रवाह,२० करोड शेयर रकम र साढे सात करोड शेयर रहेको छ भने सहकारी संस्थाले हाल कृषि अर्गानिक वस्तु खरिद विक्रि,दुध डेरी संचालन,सुपथ मुल्य पसल,एग्रोभेट तथा अन्य कारोबार गर्दै आएको छ ।

    सो कार्यक्रममा सदस्यहरुको उत्पादित वस्तु अतिथिहरुलाई मायाको चिनो उपहार दिइएको थियो ।

    प्रतिकृया दिनुहोस्