कालीकोट । पचालझरना गाँउपालिकामा खानेपानि,सरसफाई तथा स्वच्छता सम्बन्धि सुस्वा परियोजनाले काम गर्ने भएको छ । खानेपानि तथा सरसफाइक लागि फिलेन्ड सरकारकाे आर्थिक सहयाेगमा कार्यक्रम समन्वय ईकाई सुस्वा सुर्खेत र पचालझरना गाँउपालिका बिच दस वर्षका लागि हस्ताक्षर भएको छ । आगामि आ.व.२०८१/८२ देखि कार्यक्रम लागू गर्ने विषयमा द्विपक्षिय हस्ताक्षर कार्यक्रम सम्पन्न भएकाे पचाल झरना गाउ पालिकाले जनाएको छ ।
पचालझरना पालिकाकाे खानेपानि, सरसफाई तथा स्वच्छता सम्बन्धिकाे समस्याकाे दिगाे समाधान गर्नकाे लागि एक रुपतामा हल हुने आशा लिइएको छ । पचालझरना गाउँ पालिकाले निदिष्ट्र गरेका आयाेजनाहरु कार्यन्वय हुने पचालझरना बासिले झेल्दै आएका समस्या हल हुने विश्वासका साथ सुस्वालाइ स्वागत गरिएको प्रवक्ता प्रभुजन संज्यालले बताए । उनका अनुसार गाउ पालिका र फिनल्यान्ड सरकारको लगानीमा कार्यक्रम अधि बढने र त्यसका लागि सहजिकरण गरिएको हो ।
यस अधि सुस्वाले पलातामा काम गर्दै आएको छ ।
Discussion about this post