कालीकोट ।नेकपा(माओवादी केन्द्र्र) पचालझरनाले रुकुम पश्चिममा भुकम्प पिडितको घरटहरा निर्माणमा गएका नेता तथा कार्यक्रतालाई सम्मान गरेको छ । पचालझरनाको पडेक्षामा तिन महिने अभियानको समिक्षा बैठकमा बर्म ऐडीको नेृतत्वमा गएको टोलिललाई सम्मान गरिएको हो ।नेकपा(माओवादी केन्द्र)का प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिवका साथै पचालझरना गाउँ पालिकाका अध्यक्ष देवराज शाहीको उपस्थितिमा भएको समिक्षा बैठकमा सम्मान गरिएको हो ।
सो कार्यक्रममा ४ महिने अभियानको समक्षिा कार्यक्रम समेत गरिएको बताइएको छ । उक्त कार्यक्रममा नेकपा(माओवादी केन्द्र) प्रदेश कमिटि सदस्य तथा पचालझरना गाउँ कमिटि इन्चार्ज तारा न्यौपाने सहितका नेताहरुले तिन महिने अभियानले जनतामा नयाँ तरंग ल्याउनुका साथै पार्टी संगठन सुदृढ समेत भएको बताएका छन ।
पचालझरना गाउँ पालिकामा पहिलो शान्तिकाल पछिको पटक पार्टी स्कुल संचालन हुनु र जनतामा स्थानिय सरकारले गरेका कामको बारेमा जानकारी गराउने र सुझाव संकलन गरेको बताइएको छ ।
Discussion about this post