पलांतामा अपांग परिचय पत्र घुम्ति शिविर संचालन

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउँ पालिकाले फरक क्षमता भएकाहरुलाई सहजता ल्याउन घुम्ति शिविर संचालन गरेको छ । पलांता गाउँ पालिकाको महिला तथा वालवालिका शाखाको आयोजनामा वडा न.२ राडुनेटामा शिविर संचलन गरिएको हो ।

आज उक्त वडामा पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकाया,उपाध्यक्ष अलैपुरा हमाल,प्रमुख प्रशासकिय अधिकृत सुरेश कुमार श्रेष्ठ लगाएतको सहभागितामा शिविर शुरु गरिएको बताइएको छ ।

उक्त शिविरले ग्रामिण क्षेत्रका फरक क्षमता भएका समुदायका लागि सहजता आउने बताउदै गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले शिविर संचालन गरिएको बताएका छन । पलांता गाउँ पालिकाका सबै वडामा घुम्ति शिविर कार्यक्रम संचालन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित