पलातामा ३२ जनालाई अध्यक्ष रोकायाद्वारा अपाङ्ग परिचय पत्र वितरण

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउँ पालिकामा ३२ जनतलाई अपांग परिचय पत्र वितरण गरिएको छ। पलाता गाउँ पालिका वडा नम्बर १ देखि ३ नम्बर वडाका ३२ जनाले परिचय पत्र प्राप्त गरेका हुन  ।

पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले परिचय पत्र हस्तान्तरण गरेका छन। गाउमै  परिचय पत्र पाउदा स्थानिय खुशी भएका छन।   महिला तथा बालबालिका शाखाले आयोजना गरेको अपांग परिचयपत्र वितरण घुम्ति शिविरमा  साविक धौलागोह गा.बि.स. भित्रका  पलाता १,२ र ३ नम्बर वडाका  समुदायका लागि शिविर संचालन गरिएको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

सो शिविरमा गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमाल, प्रमुख प्रशासकिय अधिकृत शुरेश कुमार श्रेष्ठ सहितको टोली राडुनेटा पुगेको वडा नम्वर १ का वडा सचिव वालश्रषि न्यौपानेले बताए ।

अन्य वडामा पनि परिचय पत्र वितरण गरिने बताइएको छ। यस कार्यले यस अघि अपांग परिचय पत्रका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको थियो । संघियता पछि समुदायले गाउँ मै सेवा पाउन थालेको सहकर्मि धनकर्ण विकले  जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित