Skip

News Portal

  • माओवादी केन्द्र रास्कोटले को को लाई गर्‍यो सम्मान

    कर्नालीसंचार संवाददाता७ पौष
    १७८ पटक
    ७ पौष

    कालीकोट । रास्कोटमा सम्मान गरिएको छ । भुकम्प प्रभावित क्षेत्रमा उद्धार गर्न गएका टोलीलाई सम्मान गरेको हो। रास्कोटमा नेकपा माओवादी केन्द्र द्वारा ४ महिनाको अभियानको समिक्षाको क्रममा सम्मान गरिएको बताइएको छ ।

    सो टोलीमा रास्कोट नगरपालिका बाट नमराज संज्याल, तपेन्द्र सिमखडा, जस शार्की, प्रभजित फडेरा, कुशल धमला, चन्द्र प्रकाश धमाला, भीम धमाला, र नरिमाने विकको टोली रुकुम पुगेर १५ दिन अस्थायी टहरा निर्माण गरेर फर्केको हो। उक्त कार्यक्रममा नगर अध्यक्ष पदम खडकाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका प्रदेश  कमिटी सदस्य तथा अभियानका रास्कोट इन्चार्ज ऐन बहादुर शाही, नगर प्रमुख धर्मराज शाही सहितको उपस्थितिमा सम्मान सहितको प्रमाण पत्र प्रदान गरिएको नगर सचिव कमल शाहीले बताए ।

    नेकपा (माओवादी केन्द्र )कालीकोट जिल्ला बाट एक सय जना स्वयमं सेवक भुकम्प प्रभावित क्षेत्रमा खटाएको थियो।

    यस अघि पचालझरनाले भुकम्प प्रभावित क्षेत्रमा गएको टोलीलाई सम्मान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्