सरकारी प्रमुखले रास्कोटमा स्थानिय सरकार भएको अनुभूति भयो भने पछि . . .

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले रास्कोटमा भएको कामको प्रशंसा गरेका छन। राष्ट्रिय परिचय पत्रका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन का लागि रास्कोट पुगेको टोलीले सडक कालोपत्रे र वजारीकरणको काम प्रति खुलेर प्रशंसा गरेको हो ।

रास्कोट नगर पालिकामा प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, अनुसन्धान प्रमुख नित्यानन्द ढुङ्गाना, डिएसपि अर्जुन केसी लगाएतको टोलीले स्थलगत अनुगमन गरेको हो। रास्कोट नगर पालिका प्रमुख धर्मराज शाही, नगर उपप्रमुख मनिराज बरालको सहभागितामा स्वागत गरिएको थियो ।

अनुसन्धान प्रमुख ढुङ्गानाले सदरमुकाम मान्ममा समेत स्थानिय सरकार छ छैन भन्ने महसुस हुने गरी काम नभएको प्रति इंगित गर्दै रास्कोटमा देखिने गरी विकास गरेकोमा धन्यवाद दिएका हुन ।

पछिल्लो समय आरसिपि बजार व्यावस्थापनका साथै सडक कालोपत्रे को कामले रास्कोटको मुहार बदलिएको नागरिकले अनुभूति गरेको सहकर्मि टिकाराज उपाध्यायले बताएका छन ।

रास्कोटमा जनमुखि काम कार्वाइका लागि सरकार लागि परेको बताउदै नगर प्रमुख शाहीले बताए । उनले भने रास्कोटमा ५ वर्ष अवधिमा नयाँ अनुभूति सहितको विकासमा आफू लागि परेको शाहीले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts