तिलागुफामा स्वास्थ्य संस्थाको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला समन्वय समिति र स्वास्थ्य सेवा कार्यालय सहितको टोलीले तिलागुफा नगरपालिकाको नगर अस्पताल तथा त्यहाँ रहेको स्वास्थ्य चौकीको संयुक्त अनुगमन गरेको छ ।

भिडेसेफ नेपाल कालीकोटको आयोजना तथा तिलागुफा नगरपालिकाको समन्वयमा भएको अनुगमनका क्रममा तिलांगुफा नगर अस्पताल र स्वास्थ्य चौकी रांचुलीको सुपरिबेक्षण तथा अनुगमन गरिनुका साथै सामाग्री हस्तान्तरण समेत गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सुचना अधिकारी कटक महतले जानकारी दिएका छन ।

महतका अनुसार अनुगमन टोलीमा जिल्ला समन्वय उपप्रमुख मिना रावत (विक), स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त व्यवस्थापक डा. संकेत विश्वकर्मा सहितको उपस्थिति रहेको बताइएको छ । उक्त टोलीले टाइफाइड खोपकी बारेमा मोल्फा, पिलि, गाल्जे , नाग्म बजारमा समेत टाइफाइड खोप अभियानको व्यानर समेत राखेको छ ।

सो टोलीले नगर अस्पताल तथा अन्य ठाउँमा स्वास्थ सम्बन्धि महत्वपूर्ण जानकारी गराएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित