माओवादी केन्द्र कालीकोटको अभियानको समिक्षा बैठक शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (माओवादी केन्द्र) कालीकोटको समिक्षा बैठक शुरु भएको छ । नेकपा (माओवादी केन्द्र) कालीकोटमा कार्यरत केन्द्रिय सदस्य तथा  प्रदेश सदस्यहरुको सहभागितामा ४ महिने अभियानको समिक्षा शुरु भएको हो।

पहिलो दिनमा अभियानका बारेमा केन्द्रिय सदस्य तथा प्रदेश सदस्यहरुले समिक्षात्मक रिर्पोट राखेका थिए । जिल्ला संयोजक लक्ष्मि चौलागाईको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य द्धय टेक बहादुर बस्नेत र महेन्द्र बहादुर शाहीको उपस्थिति रहेको थियो ।

आभियानका क्रमममा पार्टी आन्तरिक तथा जनतामा समवन्ध सुदृढ भएको र अभियानमा सक्रिय सहभागि सम्पूूर्ण नेता तथा कार्यक्रतामा उत्साह पैदा भएको बताउँदै उपलब्धिको रक्षा गर्न पर्नेमा जोड दिदै दुइ जना केन्द्रिय सदस्यले आ आफ्ना धारणा राखेको जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाईले बताए।

संयोजक चौलागाइका अनुसार पहिलो दिन केन्द्रिय सदस्य र प्रदेश सदस्यको सहभागिता समिक्षा भएको बताउदै दोस्रो दिन अर्थात भोली मंगलवार विहान माओ दिवसको अवसरमा पार्टी कार्यालयमा कार्यक्रम र दिउसो जिल्ला सदस्यहरुको सहभागितामा ४ महिने अभियानको समिक्षा हुने बताए ।

नेकपा माओवादी केन्द्रले भाद्र १६ गते देखि शुरु गरेको जनता संग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा जिल्लाका अधिकास ठाँउमा जनश्रम लगाएतका काम गरेको थियो । अभियानको क्रममा भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम, जाजरकोट र सल्यानमा एक सय स्वंयमसेवक परिचालन गरेको थियो ।

सो अभियान पौष १० गतेका दिन एक सय ३१ औं माओ दिवसको अवसरमा समापन गरिने बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित