स्वास्थ्य संस्थामा खेलवाड नगर्नु राम्रो हो ? – सब इन्जिनियर खड्का

7
SHARES
15
VIEWS

“आखिर सत्य सबै लाई तितो नै हुन्छ
सम्पुर्ण सिकु बासी मा अनुरोध ”
यहि मिति २०८०/०९/०८ गते भएको स्वास्थ विषयमा मेरो सानो भनाइ पोख्न बाध्य भए ।
जुन अस्ती राती स्वास्थ चौकीको सामान चोरी गर्ने मेरो आदरणीय मावली परिवार हजुरहरु र हामीमा केही दुश्मनी छैन तर तपाईहरुले हरेक पल्ट म सम्झने भए देखि हजुरको हामी प्रती हेर्ने सोच नितान्तै फरक छ ? त्यो जुन बिगत देखि छर्लङ्ग हुदै आएको छ । हुँद हुँद अहिले यो विषयमा पनि बिचमा अरु आउने वाला कोहि छैन तपाई हामी नै हौ लडाइ गर्ने झै झगडा गर्ने ? अरु त सब रमिता हेर्ने हुन ।

यो कुरा समयमै बुझ्नु जरुरी छ । तपाई हामीलाई लडाएर मिसन ८४ को राजनीति गर्दै छन त्यो तपाई हामीले अहिले सम्म नि बुझ्न सकेका छैनौ । यो धेरै ढिलो भै सक्यो ।यदि हजुरहरुले लिएको स्वास्थको समान रातारात दुख गरि लिनु भो लिए जस्तो भए त राम्रै भो नत्र जहाँ थियो त्यही समान बुझाउनु पर्यो भने के हुने हो ? त्यो हजुरहरुले बुझ्नै भएन ? यो एकदम गलत काम गर्नु भो यदि हजुरहरुलाई अन्याय भएकै हो भने नि यो देशमा कानुन छ कानुन भन्दा माथी कोहि छैन, कानुन भन्दा धेरै माथी जानू भो हजुरहरु अब यसको कानुनको भागेदार हजुरहरु हुनै पर्छ । यदि हामिले चाहेको भए राम्रागाउँमा वडा देखि स्वास्थ ब्यबस्थापन समितीले गरेको निर्णय सबैलाई थाहा नै छ ! हामिले सारेको भएनी कसैले केही गरे नि हामी कानुन सम्बत थियौ तर मैले नै भनेको हुँ । यसमा विवाद छ आम भेला गरौ १ र २ सम्पुर्ण जन्तालाई बोलाई भेलाले जे निर्णय गर्छ त्यो नै सबैले मान्नै पर्छ ।

त्यसैले अहिले सम्म हामिले नसारेका हौं ! गाउँमा सबै मिलेरै बसेका छौ यसले अझै फाटो नहोस भनेर हामी अझै चुप लागेका हौँ तर तपाई हरुले राम्रै गर्या सोच्नु भएको होला हामी गाउँ चिल्नु भन्दा मिल्नै पर्छ भन्ने हामी हौं । अझै कसैले निउ खोज्छ भने त्यो कसैलाइ राम्रो हुदैन या म हुॅुँ  अरु कोहि होस अर्को कुरा यो स्वास्थ तपाई र हाम्रो मात्र होइन हेक्का रहोस साबिक को बदालकोट गा बि स को हो । यो कुराको हजुर संग नि थाहा भएकै कुरो हो ? अहिले साबिक को १ ,२,३ खाडाचक्र ११ भएको छ र ४,५,६,७ पचालझरना १ र ८,९ पचालझरना २ भएको छ अनि के २ वडा जन्ता को यसमा केही अधिकार छैन  होला ? के उनिहरु मान्छे होइन र सायद यी कुरा को हजुर संग ध्यान भएन ? तर आफू भन्दा अरु कोहि छैन सोच्नु महान मुर्खता हो । यो समयमै सोच्नु जरुरत छ तपाईंहरु कै कारणले गर्दा हामी नयाँ पिडिलाई नि धेरै गार्हो गरि सक्नु भो ? एक आपसमा झगडा गराउने बाहेक अरु हजुरहरुले अरु केही शिक्षा सिकाउनु भएन ? यो विषयमा पछि आउने पिडिसम्म दाग लगाइ सक्नु भो अझ खुब आदर्शको कुरा गर्न लाज नि मान्नु भएको छैन है ?

मेरो सुझाव स्वास्थ चोरी गर्ने जो कोहि होस उसले अब कानुनले दिएको सजाय भोग्नै पर्छ त्यो म भए नि अरु कोहि भएनी? अब हामी युवा पिडिले सोच्नु जरुरत छ !आखिर गलत को छ भन्दा खेरी हामी युवा अब मिल्नु पर्यो रे ?  तिमी हामी युवाहरु पनि निरक्षर भन्दा  तल्लो स्तरमा झरेका छौ ? हाम्रो चेतना अझै पशु भन्दा नि तलै छ ।मैले बिगत २ बर्ष देखि राम्रो सँग नियालेर राखेको छु । हामी युवा कस्ता घटिया सोचका छौं । आफ्नो शरीरमा भैंसी हिडेको नि नदेख्ने अर्को को शरिरमा जूम्रा हिडेको देख्ने आँखाले कहिल्यै यो ठाउँको निकास निस्किदैन कि ? अहिलेको समयमा सामजिक संजालमा टिकाटिप्पणी गरेर  लेख्दैमा कोहि हिरो भैदैन ? हेक्का रहोस आफ्नो ठाउँको आफै खिल्ली उडाइ हिंड्दा अझ खुब सक्षम युवा रे थुक्क है?

यदि कसैले गलत गरेको छ भने कानुन छ कानुनी उपचार खोज्नु को साटो उसको चरित्र हत्या गर्न बाहेक अरु केही सिकेका छैनौ हामिले । मान्छे भएपछि मानबिय व्यबहार हुनु नि ? अरु ठाउँमा नि बस्ने मान्छे त होलान् कहि कतै लेखेको देख्दैनौ के अरु ठाउ का यो लेख्न जान्दैनन् होलान् र ? के तिमी हरु जस्तो पढेलेखेका छैनन् होलान् र हेक्का रहोस तिमीहरु भन्दा धेरै माथी उठेका छन चेतना स्तर तिमीहरु जस्तो कमजोर सोचका होईन ? महान सोच भएका मान्छे बस्छन् ।

अब यो अन्तिम युद्ध जस्तै हो सोच्नु भएको छ तर हेक्का रहोस यो धेरै ठूलो अनि महङ्गो चोट हुने छ । जुन तपाई अगाडि हिक्मत थियो भने राती होइन सबैको अगाडि लिएर जानू महानता मानिन्छ यदि जसरी लियो उसै गरि बुझाउनु पर्ने अबस्था आयो भने हजुरहरु को अबस्था केहुने हो त्यो ख्याल गर्नु भएन काम गर्दा होस गुमाएर होइन विवेक पुर्याएर नगरे यसको परिमाण आफैले हो भोग्ने ।
अन्तिम यो स्वास्थ केवल  १ वडाको मात्र नभै २ वडाको पनि हो राम्रो सँग बुझ्नु होला खयर्कोट धमालीका पनि समुदाय हुन यो कुरा को ध्यान जाओस् ।
अन्तिम अझै समय ले साथ दिएको छ समय हाम्रै साथमा समयले नेटो काटे पछि अर्को दिन कुर्नु पर्छ हेक्का रहोस महोदय गाउँ गाउँ नै हो । यो समयमै बुझ्नु होला समय हाम्रा लागि पर्खिदैन ।
अझै बिग्रेको केही छैन समय होस पुर्याउनु होला नत्र ……राम राम बाहेक अरु भन्न सकिन्न । चिल्नु भन्दा मिलेकै राम्रो कि कसो ?

लेखक 

पचालझरना गाउँ पालिका 

सब इन्जिनियर हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित