कालीकोट । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य लक्ष्मिकन्य बुढाले अहिलेका हामी युवाहरु भाग्यमानी भएको बताएकी छन।
नेकपा (माओवादी केन्द्र)ले संचालन गरेको ४ महिने अभियानको समापनको कार्यक्रममा जिल्ला स्तरिय समिक्षा बैठकलाई सम्बोधन गर्दै महिला नेतृ बुढाले हामीले स्थानिय, प्रदेश र संघको नेतृत्व माओवादीले गरेको अवस्था भाग्यमानि यूवा भएको बताएकी हुन ।
अहिलेको व्यवस्था ल्याउने हामी यूवाहरुले रगत र पसिना बाट सांटेर आएको र सो व्यवस्थाको सस्थागत गर्ने दायित्व पूरा गर्न सबै लागि पर्न जोड दिनु पर्ने बताइन ।
केन्द्रिय सदस्य बुढा ४ महिने अभियानका क्रममा तिलागुफा नगर इन्चार्ज को जिम्मेवारीमा रहेकी थिइन ।
Discussion about this post