Skip

News Portal

  • पलाता अध्यक्ष रोकाया घरदैलो भेटघाटमा व्यस्त,समुदायको सुझाव लिदै विकासमा तिव्रता

    रुपेन्द्र ऐडी१४ पौष
    १०७ पटक
    १४ पौष

    कालीकोट । पलाता गाउ पालिका अध्यक्ष विष्णु बहादुर रोकाया घरदैलोमा व्यस्त रहेका छन। पलाता गाऊँ पालिकाको वडा नम्बर ६ को विकट वस्तिमा सडक विस्तार तथा अन्य कामकार्वाहीको अवस्था बुझ्न अग्रसर भएका छन। पलाता गाउँ पालिकाको वडा नम्बर ६ को खिन लगाएतको ठॉउमा जनताहरू सित सुझाव माग्दै विकास निर्माण अघि बढाउन लागि परेका छन।

    पहिलो दिन वडा नम्बर ४ छलाह देखि ५ को खिन हुँदै ६ नेटा -उखाडी सम्मको सडक विस्तारमा समुदाय संग छलफल गरिएको हो । सोही समयमा वडा नम्बर ६ को नेटामा रहेको स्वास्थ्य चौकी को अवस्था वुझ विस्तार गरेको सहकर्मि धन बहादुर शार्कीले बताए । उनले भने जनताका मुख्य समस्याको अवगत गर्न  समुदायमा पगेका अध्यक्ष रोकायाले जनताले आशा गरे अनुसार काममा परिणाम आउने गरी काम गर्न सुझाव दिएको बताए ।

    पलातामा पछिल्लो समय गाउ पालिका केन्द्र रानि विशौनामा भौतिक संरचनाको निर्माण देखि जाज्य पुलको सर्वे, छलाह हुँदै खिन उखाडी सडक विस्तार तथा अन्य कामलाई तिव्रता दिनको बताइएको छ ।

    त्यसैगरी पालिकामा आंखा शिविर संचालन देखि शुसासनका कामलाई तिव्रता दिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्