जातिय विभेदको आरोपमा पचालझरनाका बोगटी पक्राउ

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना स्थित वडा नम्बर २ का अध्यक्ष समेत रहेका करविर विश्वकर्मालाई जातीय विभेद गर्दै फेसबुक र फोन मार्फत गालीगलौज गर्ने गोकुल वोगटी पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय कालीकोटको निर्देशनमा गाउँपालिका–१ निवासी बोगटीलाई हिजो पक्राउ गरिएको छ।
पचालझरना वडा नम्बर १ मा रहेको बदालकोट स्वास्थ्य चौकीको विषयलाई लिएर स्वास्थ्य चौकीका कार्यालय सहयोगी समेत रहेका बोगटीले सामाजिक सञ्जाल फेसबुक र मोबाइल मार्फत वडा अध्यक्ष विश्वकर्मालाई जातीय विभेद गरेको भन्दै दलित अधिकार कर्मिले दिएको निवेदनको आधारमा पक्राउ गरिएको हो ।
उजुरीपछि प्रहरीले बोगटीलाई घरबाटै पक्राउ गरेको कालीकोटका प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताएका छन्। बोगटीले फेसबुक स्ट्याटसको कमेन्टमा गाली गरेको र फोन कलमा घरमा बम पड्काउने र मार्ने समेत धम्की दिएको रेकर्डसहित पीडितको पक्षमा न्याय पाउँ भनि उजुरी आएपछि प्रहरीले थप वुझ विस्तारकाे लागि आरोपिलाई पक्राउ गरेको बताएको छ ।

यसरी भएको थियो विवाद :
स्वस्थ्य चौकी बदालकोटको सामान सहित अर्को ठाँउमा राती लिनका लागि बोगटी संलग्न भएको विवादका क्रममा फेसबुकमा पहिले वडा अध्यक्ष विश्वकर्माले रिप (Rip) लेखेको विषयबाट विवाद बढेको हो । उक्त रिप लेखेको शब्द गोकुल बोगटीको फेसबुकमा नभए अर्को व्यक्तीकोमा छोरीले लेखेको अध्यक्ष विश्वकर्माल बताएका छन।

सोही कमेन्टमा बोगटले अपशब्द सहित फोन मार्फत मरेको मान्छेले जे पनि गर्न सक्छ भन्दै जातिय खलल पुग्ने अभिव्यक्ति सहित फोन मार्फत धम्कि दिएका थिए । बोगटीले आफुलाई रिप (Rip) लेखेपछि मात्र त्यसको प्रतिक्रिया दिएको दावि गरेकी छन ।
करविर विश्वकर्माले रिप शब्द वालवालिकाले मोवाइल चलाएको अवस्थामा लेखिएको बताउदै गोकुल बोगटी माथि आफ्नो व्यक्तिगत रिसिइवी नभएको भन्दै सामाजिक संजाल मार्फत माफि समेत मागे लगत्तै बोगटीले समेत माफी मागेका थिए।

जिल्ला स्थित अधिकारकर्मिले फोन मार्फत अध्यक्ष विश्वकर्मालाई गाली गलौज का साथै अपशब्द  दिए संगै उक्त घटनाले उच्च रुप लिएको हो । अध्यक्ष  विश्वकर्माल
आफू बाटोमा रहेको बताउँदै सोमवार सदरमुकाम पुगेपछि सविस्तार गर्ने बताएका छन। उनले बोगटीसंग नजोडीएको कुरालाई लिएर एकाएक गाली गरेको वताएका छन्। पिडित वडाअध्यक्ष विश्वकर्मा माथि भेदभाव भएको भन्दै अधिकार कर्मि रमेश नेपालीले जातीय छुवाछुत तथा भेदभाव सम्बन्धी कसुर सजाए ऐन २०६८ र संशोधित २०७५ अनुसार कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका थिए।
यस्तो छ कानुनी मापदण्ड
नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनीय व्यवस्था गरेको छ। जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित