Skip

News Portal

  • कर्नाली प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कालीकोटमा अनुगमन गर्दै

    रुपेन्द्र ऐडी१५ पौष
    ९८ पटक
    १५ पौष

    कालीकोट । कर्नाली प्रदेशका भाैतिक पुर्वाधार तथा सहरी बिकास मन्त्री मंगल बहादुर शाहीले जिल्लाका विभिन्न ठाँउमा अनुगमन गरेका छन्। शनिवार कालीकोट आइपुगेका मन्त्रि शाहीले पचालझरना, पलाता र रास्कोटमा विकास निर्माणको कामको अनुगमन गरेका छन् । जिल्लाको पलातामा निर्माणधिन दाम्डीगाड पुल लगाएतका योजनाको अनुगमन गरेका हुन ।

    पलाता गाउँ पालिका अध्यक्ष विष्णु रोकाया, उपाध्यक्ष अलैपुरा हमाल (जैसी)सहितको टिमले मन्त्रि शाहीलाई स्वागत गरेको थियो । त्यस गरी रास्कोट नगर पालिकामा पुगेको मन्त्रि शाहीलाई रास्कोटको पछिल्लो विकास निर्माण र अन्य अवस्थाका बारेमा जानकारी गराइएको थियो ।

    रास्कोट  नगर प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बरालले मन्त्रि शाहीलाई स्वागत गरेका हुन । उक्त टोलीमा कालीकोट जिल्ला समन्वय समिति  प्रमुख धनजीत बहादुर शाहीको समेत सहभागिता रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्