Skip

News Portal

  • राष्ट्रिय सभाका लागि कालीकोटबाट कस्काे सम्भावना ?

    रुपेन्द्र ऐडी१६ पौष
    १५४ पटक
    १६ पौष

    कालीकोट । आउदो फागुन २१ गते हुने राष्ट्रिय सभाका लागि कालीकोट जिल्लाबाट विभिन्न पार्टीबाट चर्चामा रहेका छन । आउदो फागुन २० गते सम्म कार्यकाल रहने राष्ट्रिय सभामा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसका २ र जसपा तथा स्वतन्त्र ११ गरी २० सांसदको पदावधि सकिने भएपछि सत्तारुढ दलभित्र दाबेदारको लर्को लागेको हो ।

    राष्ट्रिय सभाका लागि देशभर नेताहरुलाई भेट्न दौडधुप निकै बढेको छ। सोही सिल सिलामा कालीकोट जिल्लाबाट नेताहरुको नाम चर्चामा आएको छ । विशेष गरी नेपालि कांग्रेस,एमाले,माओवादी केन्द्र तथा एकिकृत समाजवादीका तर्फबाट जिल्ला स्तरका नेताहरुको चर्चा बढ्न थालेको हो । अहिले जिल्लाका चिया पसल देखि नेताहरुको जमघटमा कस्को सम्भावना कति हो भनेर बहस हुन थालेको छ ।

    गठबन्धनका कारण चर्चामा रहेका नेताहरु मध्ये जनमानसमा नेपालि कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही देखि नेकपा(माओवादी केन्द्र)का नेता विष्णु बहादुर विकको सम्भावना रहेको भन्ने एकथरी रहेका छन । नेता भुपेन्द्र शाही विगत को संघिय निर्वाचनमा २ पटक पराजित नेता हुन भने माओवादी नेता विष्णु विक गएको निर्वाचनम पछि परेका थिए ।

    अर्काे तर्फ नेकपा(एकिकृत समाजवादी)कालीकोटका नेता चित्र सिंह गाउँलेको सम्भावना पनि बढेको छ । लामो समय देखि राजनितिमा लामबद्ध भएका नेपालि कांग्रेसका त्यागि नेता मोतिराज बमको पनि चर्चा त्यतिकै रहेको छ । कर्नालि प्रदेशबाट नेपालि कांग्रेसले बमलाई सिफारिस गरेको हो । उता युवा नेता भुपेन्द्रजंग शाहीले युवाको प्रतिनिधित्वका आधारमा आफुले राष्ट्रिय सभामा जाने इच्छा जाहेर गरे संगै वमलाइ असर पर्ने देखिन्छ । त्यसै गरी माओवादी  महिला नेतृ गंगा खड्को पनि चर्चा हुन थालेको छ । कर्नालि प्रदेशबाट महिलाको कोटा परेको खण्डमा खड्का पनि बलियो दाबेदारका रुपमा उत्रिएकी छन ।

    नेकपा(एमाले) कालीकोटका नेता धिर बहादुर बमको नाम पनि चर्चामा रहेको छ । उनि लामो समय देखि नेकपा(एमाले)मा आवद्ध भएका तर अवसरमा पछि परेका नेता बमको पार्टी भित्र तथा बाहिर चर्चा भएपनि गठबन्धनका कारण सम्भावना नरहेको भएपनि पार्टीले अघि सार्नेे देखिएको छ । यस अघि कालीकोट जिल्लाबाट नेकपा(एमाले)का तर्फबाट नरपति सुनार राष्ट्रिय सभाका सदस्य रहेका थिए ।

    १९ सीटमा चुनाव हुँदै गर्दा कांग्रेसले कम्तीमा ९, माओवादी केन्द्रले ६, नेकपा एसले ३ र जसपाले १ सदस्य पाउने गरी मोटामोटी समझदारी भएको अड्कल गरिएको छ भने एक महिला सदस्य मनोनीत गरिने व्यवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस्