काे हुन ? महेन्द्र बहादुर शाही

7
SHARES
15
VIEWS

पृष्ठभुमि :
विसं २०३३ साल माघ १५ गते आमा रणकौडा र बुबा लालबहादुर शाहीका सुपुत्रका रुपमा जन्मिएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पचाल झरना गाउँपालिका ९ साबिकको नानीकोट–८, कोटिलागाउँ निवासी हुन् ।

कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्लाको निर्वाचन क्षेत्र ख बाट  दाेस्राे पटक निर्वाचित प्रदेश  सांसद भएका थिए । सशस्त्र विद्रोहको सुरुदेखि नै लागेका उनको अध्ययन एसएलसीसम्म छ । माओवादी केन्द्रभित्र इमान्दार नेताका रुपमा छवि बनाएका महेन्द्र बहादुर शाही २०७० सालको संविधानसभा चुनावमा कालिकोट क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । माओवादीका जनमुक्ति सेना नेपालका सातौं डिभिजन कमान्डर रहेका शाहीको कालिकोटमा युद्धकालमा माओवादी संगठन बिस्तारमा ठुलो योगदान रहेको छ । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने शाही ६ नम्बर र ७ नम्बर डिभिजनको कमाण्डर बनेका थिए । उनले माओवादी लडाईंका ठूला,ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरेका थिए ।

देउवा सरकारमा उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका उर्जा मन्त्री महेन्द्रबहादुर शाही ‘प्रज्वल’ले देशैभरको लोडसेडिङ हटाउन प्रतिवद्धता गरेका थिए । राजनीतिक र फौजी दुबै मोर्चामा काम गरेका उनी कालिकोटबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । अध्यक्ष प्रचण्डलाई जानकारी नै नदिइ तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि शाही एकाएक चर्चित बन्नुभएको थियो । महेन्द्रबहादुर शाहीको जन्म बि.सं २०३३ साल माघ १५ गते कालिकोट जिल्लाको अत्यन्तै बिकट पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस वडा नं ८) मा मध्यमबर्गीय परिवारमा भएको हो । मुख्यमन्त्रि समेत रहेका महेन्द्र बहादुर शा्हीको बाबुको नाम लाल बहादुर शाही र आमाको नाम रणकौडा शाही हो । उनकी श्रीमतीको नाम चन्द्राकुमारी शाही हो । उनका दुई छोरी र एउटा छोरा छन् । उनी २ बर्ष कै हुँदा उनका बुवाको देहान्त भएको थियो ।

शिक्षा र अनुभव :

०५२ सालको जनयुद्धको सुरुदेखि नै उनी भूमिगत भएका शाहीले एसएलसीसम्म अध्ययन गरेका छन् । हाल नेकपाका केन्द्रीय समिति सदस्य र कालीकेट जिल्ला इन्चार्ज हुन । दुर्गम कालिकोट, त्यसमा पनि सँधै सुख्खा रहने नानिकोटमा जन्मेका उनी पूर्व प्रमुख पञ्चका छोरा हुन् । आफूलाई पढाउने शिक्षकहरुको सल्लाह अनुसार उनले वि.स. २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए । पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत रुपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाले । कतिबेला कहाँ गएर युद्ध लडौं भनेर रातो रगत तातेका बेलामा २०५२ सालमा जब माओवादीले जनयुद्धको सुरुवात गयो, तब उनमा खुशीको सीमा नै रहेन । २०५२ सालबाटै जनयुद्धमा होमिएका उनी पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्न थाले ।

कर्नाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भएदेखि नै उनले पार्टी र सेनामा समानान्तर भूमिका खेल्न थाले । पछि उनी कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गरे । उनी युद्धमोर्चामा आफैं सहभागी हुन्थे । नेतृत्व गर्न देखि लड्नसम्म दोहोरो भूमिकाको निर्वाह गर्ने गरेका शाहीले संसदमा पनि अख्तियार प्रमुख लोकमान सिंह कार्की माथि महाअभियोग लगाएर निकै चर्चा बटुले ।

राजनीतिक यात्रा :

गाउघरमा देखिएको सामाजिक असमानता, अन्तर्बिरोध, समाजका टाठा,बाठाको हाली,मुहाली, जातीय बिभेद र शोषण, गरीव(निमुखामाथि गरिएको अत्याचारको पराकाष्ठावाट राजनीतिमा लागेका शाहीको राजनैतिक यात्रा यस प्रकार रहेको छ ।

२०४८ सालमा नेकपा मसाल एकता केन्द्रवाट आधिकारिक राजनीति यात्रा शुरु ।
२०४९ सालमा प्रहरी वारेन्ट जारी ।
२०५२ वाट भुमिगत र शशत्र जनयुध्दमा सामेल ।
२०५३ सालमा मध्यमान्चलको गुरिल्ला गठनमा सदस्यदेखि जनमुक्ति सेनाको जिवनमा प्रवेश ।
राजनीतिक र फौजी दुबै मोर्चामा शैन्य नेतृत्व सम्हाल्दै जनयुद्धमा सरिक ।
पश्चिम नेपालका बुटवलदेखि दार्चुलासम्म हुने जुनसुकै जनयुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रकृया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह ।
सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर सम्मको नेतृत्व गर्न सफल भएका शाहीले नेपाली सेनामा समायोजनका बेलामा सम्मानजनक पद नपाएपछि पार्टीको मूलधारको राजनीतिमा आएका ।
२०७० को संविधाननसभा निर्वाचनमा कालिकोट निर्वाचन क्षेत्र १ वाट प्रत्यक्ष निर्वाचित संविधाननसभा सदस्य ।
संविधाननसभाभित्र पनि महत्वपूर्ण भूमिका निर्वाह ।
माओवादी केन्द्र तेस्रो शक्ती भएतापनि संविधान निर्माणमा बिभिन्न प्रकारका चुनौतीहरुको समाना गर्नको लागि अग्रणी भूमिका निर्वाह ।
राज्यसताभित्र रहेको बिभिन्न बिकृतीहरु, बिसँगतीहरु र भ्रष्ठचारजन्य मामिलाका बिरुद्धमा शशक्त ढङ्गले लडदै लोकमानसिंह कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गर्न साहसिक कदम चालेको ।
२०७४ को प्रदेश निर्वाचनमा कालिकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ’ख’बाट प्रदेशसभा सदस्यमा विजयी हुँदै कर्नालि प्रदेश का मुख्यमन्त्रीको जिम्मेवारी समालिरहेका छन ।

नेकपा (माओवादी)मा विभाजन आएपछि पार्टीका लोकप्रिय नेताहरु खडग बहादुर विक(प्रकाण्ड)भरत बम(रणविर) र एटम विसि लगाएतका नेताहरु बैद्य समुहमा लागेपछि महेन्द्र बहादुर शाहीले अवसर पाएका हुन । उनि जस्तै जिल्लाको नेतृत्व हाक्ने नेताको अभाव नभएपनि स्तरका हिसावले राजनैतिक क्षेत्रमा अग्रसर भएका दुर्ग बहादुर रावत,अनिपाल शाही,काशिचन्द्र बराल लगाएतका नेताहरुले लामो छलफल पछि २०७०को दोस्रो संविधान सभाको निर्वाचनमा सभाषदका लागि सर्वसम्मत छानिएका उम्मेद्धार हुन । उनले विजयि भएपछि उर्जामन्त्रिको जिम्मेवारी पाएपछि एका एक चर्चामा आएका हुन ।

२०७९ मँसिरमा तेस्राे पटक सँघिय साँसदमा विजयी भएका हुन ।

प्रथम मुख्यमन्त्रि देखि हालकाे अवस्था

२०७४ सालमा भएकाे प्रदेश निर्वाचनमा दाेस्राे पटकका लागि प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित भएपछि पहिलाे पटक कर्नालि प्रदेशकाे मुख्यमन्त्रि बनेका शाहीका  विरुद्ध अविश्वासकाे प्रस्ताव पछि नेकपा एमालेका यामलाल कर्णेलले अविश्वासको प्रस्ताव ल्याए संगै उनको पद धरापमा पर्ने अवस्था आएपनि माधव नेपाल पक्षले दिएको सहमतिमा उनको पद जोगिएको थियो । उनले कर्नालि प्रदेशमा विभिन्न रचनात्मक काम गरेका थिए । उनले राउतेलाई जिवन निर्वाहका लागि भत्ता,जनयुद्धका घाइते अपांगहरुलाई व्यवस्थापन, कृषिमा प्रदेशलाई अर्गानिक अभियान,जिवन सुरक्षा छाेरीकाे जिवन भरीकाे कार्यक्रम मार्फत २० वर्ष सम्म मासिक रु ५सय बचत खातामा जम्मा गर्ने लगाएतका कामका साथै मुख्यमन्त्रि रोजगार कार्यक्रमबाट निकै चर्चामा रहेका थिए । कर्नालि प्रदेशको आर्थिक सम्बृद्धि र सुखारी कर्नालि बासिको नारा अघि सारेर चर्चित काम गर्दै आएका प्रथम मुख्यमन्त्रि शाहीले २०७९ म‌ँसिरमा भएकाे निर्वाचनमा पुन तेस्राे पटकका लागि नेपालि काँग्रेस सँगकाे गठबन्धनमा पुन सँघिय साँसदमा निर्वाचित भएका थिए  ।

प्रथम मुख्यमन्त्रि हुँदा कालीकाेटका लागि निकै ठुलाे काम गरेका उनले जिल्लाका विभिन्न ठाँउमा सडककाे पहुँच देखि नमुना वस्ति निर्माण हु‌ँदै तमाम काम गरेका हुन । सुनथरालि विमानस्थल सम्म जाने केबुलकारकाे डिपीअार लगाएतकाे काम गरेका प्रथम मुख्यमन्त्रि शाहीले सँघिय साँसद पछि केही नगरेकाे अाराेप लागेकाे छ । मुख्यमन्त्रि कालमा महिनाकाे एक पटक अनिवार्य जिल्लामा पुग्ने गरेका शाहीका राम्रा काम तमाम रहेका छन ।

नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डका नजिकका विशेष पात्रका रुपमा चिनिदै अाएका शाहीले कालीकाेटका लागि निकै ठुला सपना बाेकेका छन । केन्द्रिय राजनितिमा  पहुँच कायम गर्न सफल नेताका रुपमा रहेका छन । कालीकाेटका लागि लगातार तिन पटककाे उनकाे साँसदकाे इतिहाँसमा नयाँ रेकर्ड ताेडेका हुन । सँसदमा पनि सालिन तरिकाले प्रस्तुत हुने साँसद शाही माैलिक तथा रचनात्मक सुझाव दिदै अाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित