कालीकोट । पचालझरना गाउँ पालिकाले १२ औं हिंउदे अधिवेशन शुरु गरेको छ । पचालझरनामा हुने कामकार्वाहीलाई थप व्यवस्थित पार्नका लागि गाउँ सभा मार्फत अघि बढ्नका लागि सभाको आयोजना गरिएको हो । पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीको अध्यक्षतामा भएको १२ औं गाउँ सभामा विभिन्न ऐन,निति नियम तथा कार्यविधि मार्फत काम कार्वाहीलाई अघि बढाउने गरी अघि बढ्ने बताइएको छ ।
यस अघि पचालझरना गाउँ पालिकाले विभिन्न निति नियम बनाएर अघि बढेको थियो । पचालझरना गाउँ पालिका प्रवक्ता प्रभुजन संज्यालले पालिकामा हुने बैठक सम्बन्धि आचार संहिता सहित अन्य बनेका ऐन तथा निति नियमको पारित गर्ने र नयाँ निति नियमका लागि प्रस्ताव राखिएको बताए ।
अहिले दफाबार छलफल भएको प्रवक्ता संज्यालको भनाई रहेको छ ।
Discussion about this post