प्रथमतः २०३२ सालमा माबी स्थापना भयर ३० बर्ष सम्म माबी नै रहिरहेको बेला मेरै पहलमा ठूलो मेहनत र परिश्रम का साथ उच्च माबी स्थापना गरियो ।तेसको दुई बर्ष पछि साइन्स र म्यानेज्मेन्ट फ्याकल्टी थप गरियो ।कर्णाली वारिको सबै को उच्च माबिको परीक्षा सेन्टर बनाउने काम पनि मेरै पहलमा गरियो।देसभरी सिटिइभिटी ले १५ वटा कलेज लाई सम्बन्धन दिदा बडिमालिका लाई १८ महिने कृषि क्याम्पस सन्चालन गर्ने अथक प्रयासका साथ सफल भयो ।यो के रास्कोट्मा शिक्षाको क्षेत्रमा मेरो योगदान थियन र । माओवादी द्वन्दको चर्को समयमा किर्डाक लगायत्का संघ सस्थाको बजेट गाबिसमा आउन प्रतिबन्धित अबस्थामा रास्कोट्मा गतिलो भबन कक्षाकोठा थियनन जीवन मरणको कठिन अबस्थामा ठूलो संघ्रस गरि किर्डाक सग सम्झौता गरि कर्णालिकै पहिलो 10 कोठे भबन निर्माण कार्य सम्पन्न गरियो।
रास्कोट क्याम्पस स्थापना गर्न आफ्नो बलबुताले भ्याय सम्म रात नरही दिन नखाइ मेहनत र परिश्रम र लगानिका साथ् टियु बाट ब्याबस्थाप न संकाय को सम्बन्धन प्राप्त भयो।र क्याम्पस सन्चालन भयो। क्याम्पस प्रमुख अरु कोहीलाई बनाउ भन्दा पनि क्याम्पस चल्दैन ।बडिमालिका मै क्याम्पस चलाउनु पर्ने तपाईं नै बन्नुहोस भनेर मेरो इच्छा बिपरित पनि क्याम्पस बनाउनु पर्छ मान्याताले काम गरियो ।
ब्याबस्थापन संकायले मात्रै रास्कोट्मा क्याम्पस चल्ने नदेखियपछि टियु ले नयाँ शिक्षा सन्कायको आबेदन खोले पछि हामी ले पनि फर्म भर्यौ।धेरै पटक टियु बाट फिजिबिलिटी गर्ने टिम आयो।गरेर गयो।तर हामिले शिक्षाको सम्बन्धन पायनौ हाम्रो पहुच पुगेनकी मेहलमुडी र कोटबाडाले पाय।एथार्थ यहि हो।म्यानेज्मेन्ट मा ८/१०जना भन्दा बढी विद्यार्थी पनि नहुने। शिक्षा भयकोभय २/ ३ सय बिद्यार्थी हुन्थे ।
४/ ५ वटा गाबिसले आर्थिक सहयोग सुरुको बर्ष मात्र गरेपछि स्युनाले तीन बर्ष सहयोग गरेको छ ।पहिलो बर्ष जग्गा किन्ने र ६लाख ५० हजारको मुद्द्ती खोल्ने काम सम्पन्न गरियो।दोस्रो बर्ष को क्याम्पस को भबन निर्माण रफिल्ड निरमाणको काम धन बहादुर फडेराको अध्यक्षताको टिमले गर्यो हामिलाइ कुनै जानकारी गराइयन उनिहरुकै खातामा गाबिसले भुक्तानी गर्यो ।खाता सन्चालन पनि अध्यक्ष अमल शाही, कटक शाही र सत्य बहादुर शाहिको नाम मा सन्चालन थियो हामिलाइ सम्लग्न गराइयन।तलब वाहरुले खुवाउनु भयो सम्पुर्ण क्याम्पस सन्चालन खर्च बडिमालिका ले बेहोरेको थियो। चौथो बर्षबाट स्युनाले पनि बजेट छुट्यायन क्याम्पस भर्ना भयका विद्यार्थीले आन्दोलन गरेर गाबिसले सहयोग गरेको छ भने हामिले शुल्क किन तिर्ने भनेर १ रुपैया कसैले पनि तिरेनन विद्यार्थी लाई सोधे हुन्छ। गाबिसले पनि नदिने विद्यार्थी ले पनिसुल्क नतिर्ने भय पछि कसरी क्याम्पस चल्छ।खातामा पैसा हुदा सम्म वाहाहरुले तलब खुवाउनु भयो ।सिद्दियपछी सरहरु छोडेर हिड्नु भयो।सुर्य लामिछाने सुसन सापकोटा शिव सर्मा लगायत का शिक्षक थिय सोध्नु होस आफ्नो पुरै पारिश्रमिक वाहालाइ खुवायर समितिले पठायको हो।तलब नखाइ रुदै गय भन्ने कुरा अफबाह मात्र हो।
कुनै सीप नलाग्ने भयपछी मध्य पश्चिम बिश्वबिद्धालय सग आङिक क्याम्पस का लागि पहल गरियो त्याहाको टिम पनि रस्कोट्मा आयो ।अरु कसैले माग गरेकै थियनन हामिले मात्र आबेदन दियका थियौ।एक जिल्ला एक आङ्गिक नीति अनुसार ९ जिल्लामा नौ वटा क्याम्पस लाई आङ्गिक दियो दुरभाग्य तेसमा पनि हामी परेनौ।तिला कर्णाली जिल्ला सदरमुकाम मा रहेकोले उसले पायो ।हामी ले जति प्रयास गर्दा पनि सफलता प्राप्त भयन।।कसैले चाहेर बिगार्न खोजेर क्याम्पस बन्द भयको होइन।भर्ममा नपरौ।
अन्तमा जसले जे सोचेपनी म ३२बर्ष सम्म शिक्षक भयर जीवन को महत्वपुर्ण र उर्जावान समय मैले यसैमा बितायको छु मेरै पहलमा रास्कोटमा क्याम्पस स्थापना भयको हो आज दुरभाग्य क्याम्पस लामो समय बन्द हुदा मेरो पनि आत्मा रोयको छ ।म पदमा रहेपनी नरहेपनी रास्कोट्मा शिक्षा क्याम्पस सहित एउटा प्रबिधिक लाइनको क्याम्पस स्थापना गर्ने मेरा दिर्ढ इच्छा छ मेरो जिबनको अधुरो सपना पूरा गरेरै छाड्ने संकल्पगरेको छु।अघिल्लो सरकारले अलिकती पनि पहल गरेको भय छिटै सम्भब हुने थियो केही छैन रात रहे अग्राख पलाउछ एकदिन भयरै छोड्छ । जय रास्कोट।
Discussion about this post