पलांतामा प्रधानध्यापक भेला,शैक्षिक गुणस्तर बृद्धिमा जोड

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकाले शैक्षिक गुणस्तर बृद्धिका लागि प्रधानध्यापकहरुको भेला सम्पन्न गरेको छ । पलांता गाउँ पालिकाको रानिविसौनामा पालिका भरीका प्रधानध्यापकहरुको उपस्थितिमा भेला गरेको हो ।गुणस्तरिय शिक्षा मा हाम्राे प्रतिबद्वता भन्ने मुल नाराका साथ पलांता गाउँ पालिकाको शैक्षिक अवस्थाका साथै विद्यालयका अवस्थाका बारेमा प्रधानध्यापकहरुले आ आफ्ना धारणा राखेको बताइएको छ ।

पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकाया,प्रमुख प्रशासकिय अधिकृत शुरेष कुमार श्रेष्ठ लगाएतका सरोकारवालाहरुको उपस्थितिमा भएको प्रधानध्यापकहरुको बैठकले शैक्षिक गुणस्तरका लागि पालिका सरकार देखि सरोकारवाला निकायले गम्भिर हुनु पर्नेमा जोड दिएका छन ।साे कार्यक्रममा बाेल्दै पलाँता अध्यक्ष राेकायाले शैक्षिक क्षेत्रका लागि समुदाय,शिक्षक, सराेकारवाला अबिभावकहरुले गम्भिर हुनु पर्ने बेला आएका बताउदै आ आफ्नाे जिम्मेवारी पुरा गर्नु पर्नेमा जाेड दिदै शिक्षकहरु सहि ढँगले लाग्न निर्देशन दिएका छन ।

पलांतामा ३० वटा आधारभुत विद्यालय र ९ वटा माध्यमिक विद्यालय रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित