रास्कोट नगर प्रमुख शाही द्धारा सिचाइ कुलाेको स्थलगत अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगर प्रमुख धर्मराज शाही(पोषण) यति बेला जनजिविका तथा जनसरोकारका काममा आफै लागि परेका छन । रास्कोट नगरपालिकामा संचलित योजनाको आफै स्थलगत रुपमा पुगेर कामको गुणस्तर भए नभएको बुझ्न थालेका छन । बुहवर्षिय योजनाका रुपमा रहेको रास्कोट नगर कै भिडकुलोको मंगलबार मुहानमै पुगेर कामको गुणस्तर बारे बुझ विस्तार गरेका छन ।

भिडकुलोको काम भइरहेको अवस्थामा विश्व खाद्यका प्रतिनिधि सहित रास्कोट नगर प्रमुख धर्मराज शाही सहितको टोलिले स्थलगत रुपमा पुगेर कामको अवस्थाका साथै काम गर्ने समुदायलाई रास्कोटको गौरबको आयोजनाका रुपमा रहेको उक्त सिचाई कुलोको काम वर्षाैं सम्म टिकाउ बनाउनका लागि अग्रसर रहने गरी काम गर्न निर्देशन दिएकाे सहकर्मि टिकाराज उपाध्ययले बताएका छन ।
रास्कोट नगरपालिकाको एक करोड र स्थानिय पुर्वाधार सहयोग कार्यक्रम(एलआइएसपि)को एक करोड ४० लाख गरी कुल २ करोड ४० लाख लगानिमा  बृहत सिचाई आयोजना संचालन भएपछि नगर प्रमुख शाहीले भिडकुलोको निर्माण स्थलमा पुगेर कामको अनुगमन गरेका हुन । सो आयोजनाबाट रास्कोट नगरपालिकामा रहेका साविकका तिन वटा गाविसमा सिचाई कुलो निर्माण कार्य भइरहेको छ ।

आयोजनाको गत मंसिर तेस्रो साता रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही र कैलालि जिल्ला मोहन्याल गाउँ पालिकाका अध्यक्ष देविदत्त उपाध्यायले सयुक्त सिलान्या गरिएको भियो ।
साविकको सिपखाना गाविसको क्षेत्तडी मुलबाट रास्कोट नगरपालिकाका वडा नम्बर १ देखि ३ वडामा क्षेत्तडी सिचाई कुलो,साविकको सिपखाना गाविसको वडा न.४ देखि ६ सम्मका समुदायलाई पाएक पर्ने भिडकुलो र साविकको फुकोट गाविस अन्तरगत रास्कोट नगरपालिका वडा न.७ देखि ९ सम्मका समुदायहरुका लागि बाख्रिकुलोको काम अहिले धमाधम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित