कालीकोट ।रास्काेट नगरले हिंउदे अधिवेशन सम्पन्न गरेको छ । रास्काेटमा हुने दैनिक प्रशासनिक तथा अन्य कामकार्वाहीलाई थप व्यवस्थित पार्नका लागि नगर सभा हिउदे अधिवेशन गरेको हो ।
आज भएको १३ औ हिउदे गाउँ सभामा नगर प्रमुख धर्मराज शाही ( पाेषण)काे अध्यक्षता तथा जिल्ला समन्वय समिति सदस्य सुर्जा फडेराको उपस्थितिमा दलित कार्य संचालन तथा कार्य व्यवस्था ऐन, निति, नियम तथा कार्यविधि पारित गरेको हो ।
नगरका प्रवक्ता धनबहादुर धामिले आन्तरिक तथा बाह्य काम कार्वाहीलाई व्यवस्थित पार्नका लागि निति नियमका लागि अधिवेशन गरेको बताए । उनले भने रास्काेट नगर सरकारले यस अघि बनाएका निति नियमलाई पारित गरेको र थप निति बनाउन सहज हुने बताए । रास्काेट नगरपालिकाले आचार संहिता लगाएत विधिगत रुपमा लागु गर्ने गरी बढ्ने बताइएको छ ।
त्यसै गरी रास्कोट बाट सुर्खेतका लागि यातायात सेवा शुरु हुने भएको छ । आज देखि नगर सरकार र साझा यातायात विच सम्झौत बमोजिम नियमित यातायात सुचारु हुने भएको हो । भाडादर अपसि समझदारी तोकीने नगर सरकारले जनाएको छ । यस अघि रास्कोट देखि जितेबजार सम्म गएर त्यहाँ देखि पुन दोस्रो गाडी खोज्नु पर्ने बाध्यता रहेको थियो ।
Discussion about this post