माओवादीको विशेष रुपान्तरण अभियानको समिक्षा सहित समापन गरिदै

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)ले संचालन गरेको ४ महिने अभियानको कर्नालि प्रदेशमा समिक्षा सहित समापन गरिने भएको छ । नेकपा(माओवादी केन्द्र)ले गएको भाद्र १६ गते देखि संचालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको जिल्ला स्तरमा समापन पछि प्रदेश स्तरिय समिक्षा बैठक सुर्खेतमा विहबार देखि शुरु भएको छ ।

सो समिक्षा बैठकमा नेकपा(माओवादी केन्द्र)का महासचिव देव प्रसाद गुरुङ्ग सहित उपमहासचिव एवम प्रदेश इन्चार्ज मातृका यादव सहितका नेता तथा कर्नालि प्रदेशका प्रदेश तथा जिल्लाका नेताहरु सुर्खेतमा केन्द्रित भएका छन । सो अभियानमा भएका गतिविधि सहित संक्षिप्त रुपमा जिल्लाका संयोजकहरुले अभियान अवधिभरको रिर्पाेट राख्ने काम शुरु भएको छ ।

जिल्लामा जनता संग भेटघाट,जनश्रम लगाएतका कामहरुका साथै अभियानका राम्रा पक्ष र जनतामा पारेको प्रभावका बारेका रिर्पाेट प्रस्तुत हुने र सो माथि कार्यक्रमका प्रमुख अतिथि महासचिव देव गुरुङ्ग लगाएतका नेताहरुले मन्तव्य दिने कार्यक्रम रहेको प्रदेश अध्यक्ष विमला केसी बताएकी छन ।

समिक्षा बैठक शुक्रबार सम्म संचालन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित