थाेल्म हत्याकाण्ड जनयुद्दका शहिद विश्वनाथ योगी(विवश)काे जिवनि

7
SHARES
15
VIEWS

वि‍ सं २०२३ भदौ २४ गते सिप्खाना गाविस वडा नं ७ कोलीगाउँमा बुबा सम्पत्तिनाथ योगी र आमा राजीन्द्रा योगीको कोखबाट जन्मिनुभएका विश्वनाथ योगी नेपाली क्रान्तिका कुशल तथा होनाहार योद्धा हुनुहुन्थ्यो । बाल्यकालमा निकै मिलनसार स्वभावका योगी हुने बिरूवाको चिल्लो पात भने झैँ प्रावि तहको अध्ययन प्रावि कोलीगाउँबाट आरम्भ गरी बडीमालीका मावि रास्कोटबाट एसएलसी उत्तीर्ण गर्नुभयो । उहाँले बहुमुखी क्याम्पस सुर्खेतबाट उच्चशिक्षा हासिल गर्नुभयो ।

उहाँको विवाह लालु निवासी प्रमिला योगीसँग भएको थियो । प्रा वि मुम्रामा शिक्षक पैसामा संलग्न क.प्रतीक २०४४ मा समाजमा भएको अन्याय अत्याचारलाई सहन नसकी नेकपा मशालको विद्यार्थी सङ्गठनमा सङ्गठित भई आफ्नो राजनीति जीवनको सुरुआत गर्नुभएको थियो । त्यसबखत उहाँ गाउँका जालीफटाहा मुखिया जिम्मुवालको गलत क्रियाकलापको विरोधी अभियानमा लाग्नुभयो ।
शिक्षक पेसामा संलग्न हुँदा उहाँ प्रगतिशील र अग्रगामी शिक्षकलाई सङ्गठित गर्दै हुनुहुन्थ्यो । सुर्खेत बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय हुनुभएका योगी डिप्लो पास गरी रास्कोट माविमा शिक्षण पेसामा लाग्नुभयो ।

२०४६ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र बहुदल स्थापना भइसक्दा पनि अन्याय अत्याचारको अत्य हुन नसक्दा २०५१ सालमा महान् जनयुद्धको शङ्खघोषसँगै उहाँ शिक्षक पेसामा संलग्न भएर पनि २०५ साल देखि २०५४ सालसम्म अर्धभूमिगत रूपमा जनयुद्धमा सक्रिय रही रास्कोट क्षेत्रमा जनयुद्धको गुणात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्नुभयो ।
जनयुद्धको शङ्खघोष, उहाँहरूको समर्पणबाट आतङ्कित भै संसदवादका अगाडि आत्मसर्पण गरी जनयुद्धलाई कमजोर गर्ने पार्टीभित्रको दक्षिणपन्थी,आत्मसर्पणवादका विरुद्ध विजय हासिल गरी जनयुद्धको रक्षा र विकास गर्न महत्वपूर्ण ठुलो योगदान गर्यो ।

अखिल नेपाल शिक्षक सङ्गठनलाई मजबुत गरेर लैजाने सवालमा वर्गबैरीले उहाँलाई मानसिक र शारीरिक समेत ऐतिहासिक भूमिका समेत निर्वाह गरिसक्नुभएका विश्वनाथ योगी त्यतिञ्जेल जनताको आँखाको नानी र दुश्मनको कसिङ्गर बनिसक्नुभएको थियो ।
तत्कालीन जिल्ला पार्टी सचिवालय सदस्य तथा बाजुरा जिल्लामा एरिया इन्चार्ज हुँदै २ नं एरिया इन्चार्जको भूमिका खेल्दै जनता जगाउँदै र क्रान्ति अघि बढाउँदै हिँड्नुभएका विश्वनाथ योगी २०५७ पुस २७ गते फुकोट थोल्ममा क्रान्तिकारी शिक्षकहरूको एरिया भेलामा जुटिरहेको बेला प्रतिक्रियावादीहरूको जुठोपुरो चाटिरहेका सिआइडीद्वारा उहाँ त्यहाँ भएको सिकायत भयो ।

स्युना प्रहरी चौकीबाट आएको हत्यारो कमान्डो दस्ताद्वारा सेल्टर घेरा हाली उहाँ लगायत कैयौँ क्रान्तिकारीहरूलाई भिरमा लखेट्ने काम भयो । दुश्मनले लखेट्दै जाँदा आफु मरेर संसार हँसाउने र पार्टी र क्रान्ति जोगाउने वीर तथा महान् कमरेड विश्वनाथ योगी अन्य सबै साथीलाई सुरक्षित गरेर निडरताका साथ दुश्मनको स्थिति बुझ्दै हिँड्ने क्रममा फुकोटको दोभान फुग्गाड भन्ने डरलाग्दो भीरमा प्रतिक्रियावादी भाडाका सिपाहीहरूले ठाउँ ठाउँमा गोली हानेर २ जना सहकर्मीका साथमा उहाँको हत्या गरियो । आफु ढल्नुभयो तर दुश्मनसँग झुक्नुभएन कमरेड विश्वनाथ योगी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित