Skip

News Portal

  • पचालझरनालाई फागुन भित्र पुर्ण साक्षरता पालिका घोषणा गर्न अभियान संचालन

    रुपेन्द्र ऐडी२ माघ
    ६६ पटक
    २ माघ

    कालीकोट । पचालझरना गाउँ पालिकालाई साक्षरता पालिका घोषणाका लागि अभियान संचालन गरिएको छ । पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमको उपसिथ्तिमा अभियानको उद्घाटन गर्दै पहिलो दिन साक्षरता कक्षा संचालनका लागि सहजकर्तालाई अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

    उक्त अभियानका लागि पचालझरना गाउँ पालिकाका विभिन्न वडामा संचालन गरिने साक्षरता कक्षा संचालनका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको बताइएको छ । पचालझरनाका गाउँ शिक्षा तथा युवा शाखाको आयोजनामा गरिएको साक्षरता कक्षा संचालनमा सहभागि ३५ जना सहजकर्तालाई अभिमुखिकरण गरी टोल टोलमा पठाइएको गाउँ शिक्षा शाखा प्रमुख नमराज शाहीले बताए । उनका अनुसार फागुन महिना भित्र पालिकालाई निरक्षार मुक्त पालिका घोषणाका लागि अभियानात्मक रुपमा कार्यक्रमा अघि बढाइएको हो ।

    पहिलो चरणमा पचालझरनाका प्रत्येक टोल तथा घरदैलोमो सहजकर्ताहरुले ३ देखि ५ जना सम्म साक्षरता कक्षा संचालन गर्ने र उक्त अभियान प्रभावकारी भए नभएको भन्ने बारेमा शिक्षा शाखा,जनप्रतिनिधिका साथै विभिन्न निकायबाट अनुगमन गरिने बताइएको छ ।

    दाेस्राे चरणमा साक्षरता कक्षाको थप सहज गर्न माध्यमिक विद्यालयबाट कक्षा ९ र १०का विद्यार्थिहरुलाई समेत स्थलगत रुपमा शिक्षक सहित प्रत्येक वडामा पठाईने शिक्षा शाखा प्रमुख शाहीले बताएका छन । यस अभियानले पचालझरनाका कुनै नागरिक पनि निरक्षर नहुनेमा अभियानले महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ ।

    साक्षरता कक्षा संचालनका लागि ३५ जना सहजकर्ताहरु माघ महिना देखि फागुन १५ सम्म प्रत्येक टोलमा रहने बताइएको छ । सो अभियानलाई पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमले कुनै पनि गाउँ टोलमा निरक्षर नरहने हिसावले सम्पूर्ण टिम लागि पर्ने विश्वास व्यक्त गर्दै पचालझरना गाउँ पालिकालाई निरक्षर मुक्त पालिका घोषणाको महाअभियानमा सबैलाई साथ दिन अनुरोध गरेकी छन ।

    प्रतिकृया दिनुहोस्