Skip

News Portal

  • पला‌तामा साक्षरता कक्षा संचालन

    रुपेन्द्र ऐडी५ माघ
    २३५ पटक
    ५ माघ

    कालीकोट ।गाउँ पालिकालाई साक्षरता घोषणाका लागि पलांतामा साक्षरता कक्षा संचालन गरिने भएको छ । पलांता गाउँ पालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले पालिकाका सबै टोल स्तरमा पुगेर निरक्षर व्यक्तिलाई साक्षरताका लागि कक्षा संचालन गरिने भएको हो ।

    पलांता शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीका अनुसार पलांतमा आगामि फागुन १५ गते सम्म साक्षरता कक्षा संचालन गरिने भएको हो । आज एक दिने अभिमुखिकरण कार्यक्रममा शिक्षा शाखाले सहजकर्ताहरुलाई अभिमुखिकरण गर्दै सबै टोलमा पुगेर साक्षरता कक्षा संचालनका लागि सहजकर्ता खटाएको सहकर्मि धनबहादुर शार्किले जनाएका छन ।

    यस अघि पचालझरना गाउँ पालिकाले पनि सहजकर्ता खटाएको हो । जिल्लाका अधिकांस पालिकालाई यसै वर्ष निरक्षर मुक्त पालिका घोषणाको अभियानको तयारी भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्