Skip

News Portal

  • चेतना अभावमा क्षयरोगका बिरामी बढ्दै, सेवा प्रभावकारी बनाउन जोड

    पचालझरनामा क्षयरोग सम्बन्धि समिक्षा

    रुपेन्द्र ऐडी५ माघ
    ७८ पटक
    ५ माघ

    कालीकोट । पचालझरनामा क्षयरोग सम्बन्धि समिक्षा सम्पन्न भएको छ। स्वास्थ्य शाखा पचालझरनाको आयोजनामा आ.व. २०८०/ २०८१ को पहिलाे अर्धवार्षिक समिक्षा शुक्रवार पडेक्षामा सम्पन्न भएको छ ।

    पचालझरना गाउँ पालिका स्तरको क्षयरोग सम्बन्धि समिक्षामा स्वास्थ्य सेवा कार्यालय कालीकोट व्यावस्थापक डाक्टर संकेत विश्वकर्मा, जनस्वास्थ्य अधिकृत कटक महत र पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारी सहितको उपस्थितिमा समिक्षा भएको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालले बताए ।

    पचालझरनामा गएको छ महिनाको समिक्षा र आगामी योजनाका बारेमा छलफल भएको बताउँदै यस आर्थिक वर्षमा ७ जना क्षयरोग का विरामी रहेको बताइएको छ । स्वास्थ्य शाखा प्रमुख संज्यालका अनुसार गत आ.व मा १० जना रहेकोमा यस आ.व . मा ३२ जना विरामीको लक्ष्य रहेकोमा ७ जना मात्र रहेको र बाँकी छ महिनामा लक्ष्य पूरा गर्ने बताएका छन । पचालझरना प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारीले क्षयरोगका बारेमा जनस्तरमा चेतना अभिवृद्धिका लागि पर्ने स्वास्थ्यकर्मि लाई निर्देशन दिदै लागि परेर उचित परिणाम निकाल्नु पर्नेमा जोड दिएका छन ।

    सो कार्यक्रममा स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर संकेत विकले ग्रामिण क्षेत्रमा क्षयरोग लागेका तर चेतना अभावले नदेखिएकाले  स्वास्थ्यकर्मीले घर घरमा पुगेर सेवा प्रभावकारी गर्न पर्नेमा जोड दिएको छन।

    शनिवार पोषण सम्बधि अर्धवार्षिक समिक्षा हुने बताइएको छ।

    प्रतिकृया दिनुहोस्