Skip

News Portal

  • पलाताको विरागाडमा झोलुङ्गे पुल बन्ने,स्थानिय खुशी

    रुपेन्द्र ऐडी६ माघ
    २१६ पटक
    ६ माघ

    कालीकोट । पलाता गाउँ पालिका भित्रको विकट मानिएको फागोटी र गडवालिमा २ वटा पुल बन्ने भएको छन ।

    पलाता गाउपालिका वडा नम्बर ७को दुर्सि खोलाको बिरागाड जोड्ने पुल बन्ने भएको छ। सो स्थानमा लामो समय देखि पुल नभएर स्थानियले सास्ति खेप्दै आएको वडा अध्यक्ष कल बहादुर बम (उमेश) ले बताएक छन। उनका अनुसार अर्को पुल गाइतार देखि गडवालि जोड्ने पुल निर्माण हुन लागेको बताएका छन्। वडावासीको समस्यालाई आत्मसाथ गर्दै कर्नाली प्रदेश सरकारले ६० लाख बजेट व्यावस्थापन भएको बताइएको छ।

    उक्त बिरागाड खोला दुर्सि पुलबाट स्थानियलाई दैनिकर फागोटि हुँदै वडा नम्बर ३ देखि छ नम्बर वडाका वासिन्दाहरूलाई सहज हुने बताइएको छ । विरागाडमा पुल बन्ने भएपछि वडा नम्बर ७ का ५५ वर्षिय धनविर रोकायाले खुशी हुदै वडा सरकारलाई धन्यवाद दिएका छन। आफूहरुले आवतजावत लागि ठुलो दुख खेप्दै आएको भएपनि अहिले पुल वन्ने भएपछि सम्पूर्ण गाउँबासी खुशी भएको बताएका छन्।   सो पुल बनेपछि जुम्ला जिल्लाको सिजा सम्म आवतजातमा सहज हुने बडाध्यक्ष बमले बताएका छन ।

    ति दुइ वटै स्थानको झोलुङ्गे पुलको आज एक साथ बडाध्यक्ष कल बहादुर बमको उपस्थिति तथा समुदायहरुको सहभागितामा सिलान्यास गरिएको हो ।

    प्रतिकृया दिनुहोस्