जिल्लास्तरमा बहुपदिय प्रणालिमा जान कार्यक्रताहरुकाे सुझाव,पार्टी विधान माथि स्थानिय स्तरमा छलफल गर्दै माओवादी

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)ले आयोजना गर्न लागेको विधान महाधिबेशनका लागि प्रस्तुत गरिने विधान माथि अहिले स्थानिय स्तरमा व्यापक मात्रमा छलफल शुरु भएको छ । आगामि फागुन १ देखि ३ गते सम्म संचालन हुने विधान महाधिबेशनमा प्रस्तुत गरिने विधानको मस्यौदालाई स्थानिय स्तरमा छलफल शुरु भएको छ । विहबार रास्कोट नगर कमिटीले वडा स्तरमा सुझाव लिए संगै पालिका स्तरमा सुझाव सल्लाह समेत संकलन गरेको छ ।

त्यस्तै पलांता गाउँ पालिकाले पनि स्थानिय स्तरमा सुझाव संकलन गरेको छ । जिल्लाका सबै पालिका स्तरमा अहिले सुझाव दिने काम भएको रास्कोट नगर कमिटी अध्यक्ष पदम बहादुर खड्काले केन्द्रको निर्देशन अनुसार पालिकाले सुझावहरु दिने बताएका छन ।

त्यसै गरी सुर्खेतमा कालीकोट जिल्लाका केन्द्र,प्रदेश र जिल्ला स्तरका नेताहरुको उपस्थितिमा पहिलो चरणको छलफल सहित सुझाव संकलन गरिएको नेकपा(माओवादी केन्द्र) कालीकोटका संयोजक लक्ष्मि प्रसाद चौलागाई(शैलेन्द्र)ले जानकारी दिएका छन । सुर्खेतमा भएकाे छलफलमा केन्द्रिय सदस्य महेन्द्र बहादुर शाही लगाएतका नेताहरु रहेकाे बताइएकाे छ । चाैलागाइका अनुसार अनुसार पालिका स्तरबाट आएका सुझावलाई समेटेर प्रदेश पार्टीलाई पार्टी विधानका आवश्यक सुझावहरु पठाउने बताए ।

कालीकोट जिल्लाका विभिन्न ठाउँमा अहिले सुझाव संकलनमा पार्टी नेता तथा कार्यक्रता र समर्थकहरुका विचमा मस्यौदा विधान पठाइएको छ । त्यसका लागि सुझाव आउने क्रम जारी रहेको जिल्ला संयोजक चौलागाईको भनाई रहेको छ ।
यस्तो छ विधानको सारसंक्षिप्त खाका
यस अघि जिल्ला समन्वय समितिको रुपमा रहेको जिल्ला कमिटिलाई बहुपदिय प्रक्रियाकामा लिने प्रस्ताव गरिएको छ । जसमा जिल्ला अध्यक्ष १ जना,उपाध्यक्ष २ जना, सचिव एक जना, सहसचिव २ जना र कोषाध्यक्ष १ जना गरी ७ सदस्य पदाधिकारी सुहित ९९ सदस्य रहने छ । यस अघि जिल्ला समन्वय समितिका संयोजक १ र सचिव १ जना गरी २ जना प्रदेश समितिले मनोनित गर्ने मान्यता रहदै आएको थियो ।

विधान सर्वसम्मत पारित भएपछि जिल्लामा बहुपदिय नेतृत्व चयन हुने बताइएको छ । प्रदेश र पालिका स्तरमा समेत यस अघि बहुपदिय नेतृत्व चयन गरिदै आएको थियो ।त्यसै गरी प्रस्तावित विधानमा केन्द्रिय समिति,राष्ट्रिय परिषद,केन्द्रिय अनुशासन आयोग,लेखा परिक्षण आयोग,केन्द्रिय निर्वाचन आयोग,केन्द्रिय सल्लाहकार समिति र भेटरन कम्युनिष्ट मंच गरी विभिन्न विभाग रहने समेत उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित