News Portal

  • युद्ध पर्यटकिय क्षेत्र पिलिमा साउनमा उत्सवका रुपमा मनाइने छ-वडा अध्यक्ष कार्की

    जनप्रतिनित सँग : कुरा खस्रा मिठा

    रुपेन्द्र ऐडी१९ माघ
    ३४२ पटक
    १९ माघ

    कालीकोट । चुलाको सरकारमा मानिएको स्थानिय सरकारबाट धेरैले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएर निर्वाचित भएपछि भने अनुसार गरेको देखिदैन । पछिल्लो समयगाउँमा सिंह दरबारका नाममा सिंह मात्र आएको तर दरबार नआएको जनगुनासो आउन थालेको छ । स्थानियले भन्ने गरेको जनताको पक्षमा काम जनप्रतिनिधिले गरेकै छैन तर जनप्रतिनिधि भने आफुले राज्यको उचित श्रोत साधनबाट गर्न सकिने जति विकास निर्माणका कामहरु भएको दावि गर्ने गरिएको छ । यसै क्रममा खांडाचक्र नगरपालिका वडा नम्बर ७ पिलिका वडा अध्यक्ष दिपराज कार्कीसंग कर्नालि संचारका सम्पादक रुपेन्द्र ऐडीले गरेको सारसंक्षिप्त कुराकानि ः

    तपाईले पहिलो स्थानिय तहको निर्वाचनको पनि उम्मेद्धार हुने क्रममा कति मतान्तरले पराजित हुनु भएको हो ?
    हजुर मैले २०७४ सालको स्थानिय तहको निर्वाचनमा म नेकपा(माओवादी केन्द्र) तर्फबाट खांडाचक्र नगरपालिकाको वडा न.७मा वडा अध्यक्षको उम्मेद्धार हुं । मैले १सय ४१ मत ल्याएको हुं भने विजयि एमालेका तर्फबाट वडा अध्यक्ष रज बहादुर मल्लले १सय४२ मत ल्याउनु भएको हो । मैले उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा दायर गरे पछि पुन गणना भएपछि एक मतले अन्तर भएको हो । त्यसपछि जनताको पक्षमा विकास निर्माणका कामलाई जारी राख्दै गएकाले दोस्रो स्थानिय तहको निर्वाचन २०७९मा भएको निर्वाचनमा ३सय २ मत ल्याएर म विजयी भएको हुं भने मेरो प्रतिद्धन्द्धि एमालेका रतन बहादुर मल्लले एक सय ५७ मत ल्याएर पराजित भएका थिए ।

    अब तपाईले पिलिका जनताको पक्षमा के गर्ने बाचा बन्धन गर्नु भएको थियो गएको डेढ वर्षमा के के गर्नु भयो ?

    मैले जनताका विचमा गरेको बाचा बन्धन अनुसार काम अघि बढाएको छु । शुरुवाति चरणमा मैले पिलि गाउँलाई झिलिमिलि पार्ने कार्यक्रम अन्तरगत राष्ट्रिय प्रशारण लाईन एक सय घरधुरीमा वडाको वजेट १५ लाख लगानिमा सबैको घरमा जडान गरेको छु ।

     तपाईले आउने दिनमा के के योजना अघि सार्नु भएको छ ?
    मैले नगरबाट हुने बजेट व्यवस्थापन र अन्य विकास निर्माणका कामलाई गति दिने काम गरिएको छु । विद्यालयको शैक्षिक व्यवस्थापनमा जोड दिएका छौं ।आवश्यक बजेट व्यवस्थापन नहुंदा समस्या आएको र आउने वर्षमा यहाँका बांकी एक सय घरधुरीमा विद्युत जडान गर्ने, १ सय ९७ घरपरिवारलाई स्वस्थ्य विमा गर्न वडाबाट बजेट व्यवस्थापन गरेर अघि बढ्ने योजना अघि सारेको छु ।

    युद्ध पर्यटकिय क्षेत्र पिलिमा स्मृति दिवस हरेक साउन महिनाको २३ गते उत्सवको रुपमा मनाउने तयारीमा गरेका छौं ।आउदो वर्ष साउन २३ गते ऐतिहांक रुपमा उत्सवका रुपमा पर्व मनाउन शुरु गर्ने हो । त्यसै गरी शैक्षिक सरोकारका सवालमा कालिका माध्यमिक विद्यालयमा प्राविधिक कक्षा संचालन गर्ने र आधारभुत विद्यालयलाई समायोजन गरेर उचित व्यवस्थापन गर्ने सोचाइमा छु ।यहाँका समुदायका आधारभुत कुराहरुलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने हो ।

    जनताका आधारभुत सवालका विषयमा अपेक्ष संकलन तथा सुझाव माग्नु हुन्छ की वडा कार्यालयबाट आफै योजना तय गर्नु हुन्छ ?
    नाइ मैले जनताका आधारभुत आवश्यक्ताहरुको टोल टोलबाट सुझाव माग्ने र ति योजनाको वर्गिकरण गरी वडा स्तरमा व्यापक मात्रामा छलफल गरेर प्राथमिकताका आधारमा राखेर क्रमस एक दुई तिन चरणमा राखेर नगर पालिकामा पठाउने काम गरेका छौं । सोही आधारमा योजना छनोट हुने भएकाले विवाद रहित काम गर्न लागि परेको छु ।

     प्रतिपक्ष संगको सहकार्य समन्वयको कस्तो अवस्था रहेको छ ?
    यहाँको विकास निर्माणका लागि पक्ष र विपक्ष गर्ने मैले सोच राखेको पनि छैन । त्यसो गर्ने तर्फमा मैले कहिले पनि लाग्दैन । सबै लागेर यहाँको विकासका लागि निरन्तर लाग्ने छु । आवश्यक परेको खण्डमा सबैबाट सुझाव संकलन गरेर जान्छु । मेरो लागि पक्ष विपक्ष कोही होइनन । ति विगतमा निर्वाचन ताका पक्ष र विपक्ष हुने कामले जनताका सेवा सुविधाका लागि त्यसो गर्नु हुन्न । म साझा मान्छे साझा काम गर्ने हो ।

    पिलिका समुदायको हितमा नमुना काम के गर्ने सोचमा हुनुहुन्छ ?

    मैले पिलिका समुदायका लागि खानेपानि, सिचाई,स्वस्थ्य शिक्षा भित्रका आधारभुत कुरालाई दैनिक सरोकारका काममा कुनै पनि कमि हुन दिने छैन । संघ र प्रदेश सरकारको सहयोगबाट विकास निर्माणका कामलाई तिव्रता दिने हो । समुदायको भलाईका लागि काम गर्ने अभिभारा आएको छै मलाई कुनै निजि स्वार्थ पनि छैन ।

    त्यसो गरेर जनताको हितविपरित काम गर्ने पनि छैन गर्न दिने पनि छैन ।पिलि नमुना बनाउने हो । शुसासन र समृद्ध अभियानको मुल मर्म मैले आत्म साथ गर्ने छु ।

     

    प्रतिकृया दिनुहोस्