सि जातिको नाममा जन्मदर्ता गर्न विप्लव नेकपाको स्थानिय सरकारलाई ध्यानाकर्षण

7
SHARES
15
VIEWS

कालीकोट ।विप्लव नेतृत्वको नेकपाले सि जातिको नाममा जन्मदर्ता गराउन माग गर्दै स्थानिय सरकारलाई ध्यानाकर्षण गरेको छ । नेकपा कालीकोटले पलांता गाउँ पालिकालाई ध्यानाकर्षण गराउदै उक्त माग गरेको हो ।

जिल्ला सेक्रेटरी साहसि सि र जिल्ला इन्चार्ज बलवान सि द्धारा तिन बुदे ध्यानाकर्षण पत्र बुझाएको हो । उक्त पत्रमा जग्गा रजिष्टेशन र नेपालि नागरिकता प्रदान गर्न पालिकाबाट व्यवस्थापन गर्ने माग गरिएको छ । त्यसै गरी योजना निर्माण कार्य सम्पन्न भएका तर रकम नपाएका समुदायलाई उचित छानविनि गरी भुक्तानि गर्न अनुरोध गरिएको छ । सो ध्यानाकर्षण पत्रमा सि जातिका तर्फबाट जन्म दर्ता गराउन चाहने र गराउने व्यक्तिलाई विना रोकटोक जन्म दर्ता गर्न माग गरिएको छ ।

त्यसै गरी विप्लव नेकपा कालीकोटले दुव्लिकेसन भएका योजनाहरु हटाइ आवश्यक्ताका माध्यमबाट योजना बांडफांड गर्न अनुरोध गरेको हो । उक्त मागलाई वेवास्ता गरे कडा संघर्ष गर्ने समेत चेतावनि दिएको ध्यानाकर्षण पत्रमा यस अघि २०८० जेष्ठ महिनामा दिएको १८ बुद्धे माग पत्रको समेत उल्लेख गरिएको छ ।

उक्त माग सबै स्थानिय तहमा पेश गर्न लागेकाे जिल्ला सेक्रेटरी पदम विक शाहसी सि ले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित