Skip

News Portal

  • नरहरिनाथको विकासका लागि संघिय सरकारलाई ध्यानाकर्षण, २ करोड नभइ २५ लाख खाजा नास्ता खर्च भएको मलेपको भनाइ

    रुपेन्द्र ऐडी२३ माघ
    २४५ पटक
    २३ माघ

    कालीकोट । नरहरिनाथको विकासका लागि सिंह दरवारलाई झकझक्याउनेमा नरहरिनाथ अग्रसर भएको छ । विकास निर्माण  लगाएतका कामका लागि पालिका सरकारका जनप्रतिनिधिहरु अहिले संघिय राजधानि काठमाडौंमा व्यस्त रहेका छन । काठमाडौंमा रहेका सरकारमा सामेल वा प्रतिपक्षमा रहेका सबै दलका नेताहरुले नरहरिनाथ सम्बृद्धिका लागि सामुहिक रुपमा लागि परेका छन । काठामाडौंमा विभिन्न दलका नेताका साथै विकास निर्माणका लागि सबै मन्त्रालयका साथै प्रधानमन्त्रि पुष्पकमल दाहाल(प्रचण्ड)लाई समेत भेटेर स्थानिय पहिचान सहितको परिचय दिन सफल भएका छन ।

    नरहरिनाथ गाउँ पालिका अध्यक्ष नगेन्द्र विष्ट सहितको टोलिले काठामाडौंमा तपसिलका काम गरेको छ । सो कार्यमा नरहरिनाथ गाउँ पालिकाका प्रथम अध्यक्ष धिर बहादुर विष्ट, नेपालि कांग्रेसका नेता नारायाण भटराई,पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा(माओवादी केन्द्र)का नेता जिवन बुढा लगाएतका टोलिको सहभागितामा भेटघाट तिव्र पारिएको छ ।

    जसमा पुष्पकमल दाहाल(प्रचण्ड)लाई नरहरिनाथको अल्लोको खादा ओढाएर सम्मान समेत गरेको छ । प्रधानमन्त्रि प्रचण्डले उचित समयमा आएकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन भने संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किरातिलाई भेटेर सुनथरालि विमानस्थल सुचारुको बिषमा छलफल गरिएको छ। जसमा शहिद पार्क निर्माण, योगि नरहरिनाथ अन्तराष्ट्रिय संग्राहलय, खुलालु बसन्तपुर बर्जु हुदै रामारोशन पदमार्ग र गोरेकोट भ्युटावर निर्माण योजनाहरुको माग गरिएको पत्रकार कमल कोपिलाले जनाएका छन।

    त्यसै गरी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतसँग, नरहरिनाथ गाउँपालिका को वडा नं ८ को रहगाड जलविधुत आयोजना, धाँचुखोला जलविधुत आयोजना, गडिँगाउँ पहिरो नियन्त्रण नरहरिनाथ ९, ओडखोला पहिरो नियन्त्रण नरहरिनाथ २, कालेखोला पहिरो नियन्त्रण नरहरिनाथ ५, घट्टेखोला पहिरो नियन्त्रण नरहरिनाथ २ र ३, मर्सिखोला पहिरो नियन्त्रण नरहरिनाथ १, सैनेखोला पहिरो नियन्त्रण नरहरिनाथ ३, रहगाड, गणेशपुर हुदै सुनथरालि विमानस्थलसम्म लिफ्ट सिँचाई, काब्डे देखि बल्दे खुलालु सिँचाई कुलो निर्माण योजना माग गरिएको बताइएको छ।

    सो टोलिले भौतिक पुर्वाधार तथा यातायात माननिय प्रकाश ज्वाला संग ओडिखोला तटबन्धन, लालिघाट देखि गाउँपालिका सम्मको सडकको स्तरोन्नति, लालिघाट देखि सुनथरालि विमानस्थल सम्मको सडक स्तरोन्न्ति, खुलालु रानिखेत सडक स्तरोन्नति र लामासाँघु नुवादेव माडु सडक स्तरोन्न्ति लगायतका योजना माग गरिएको छ भने खानेपानी मन्त्रालयमा माननिय महिन्द्राराय यादव समक्ष उप्पाँया डाँडा भौतेखोला मुहान तुर्केखोला डिके सम्म खानेपानी योजना र बतासे मुहान देखि पाल्त काफलपाटा नाउ अल्लेना हुदै बसन्तपुर खानेपानी योजना माग गरेको हो।

    त्यसै गरी रक्षा मन्त्रि पुर्ण बहादुर खड्का लगाएतका मन्त्रि तथा नेताहरु संग भेटाघाटका साथै इन्द्रेणिमा सँकलन भएकाे राहत ५ लाख प्राप्त गरेकाे छ भने विरामीलाइ सहयाेग समेत गरेकाे छ ।

    उक्त भेटघाटले नरहरिनाथको विकास र सम्बृद्धिका लागि सकरात्मक सन्देश प्रवाह गरेको र फलदायि हुने नरहरिनाथ गाउँ पालिका अध्यक्ष नगेन्द्र बहादुर विष्टले बताएका छन ।नरहरिनाथ गाउँ पालिकाले पछिल्लो समय सबै सरोकारवालासंग समन्वय सहकार्य समन्वय गरेर अघि बढेको बताउदै आगामि दिनमा सबै दल तथा पक्षहरुको सहयोग रहने आशा लिएको बताइएको छ ।

    नरहरिनाथ गाउँ पालिकाको विकासका लागि सम्पूर्ण राजनैतिक दल, सरोकारवाला पक्षहरुको सामुहिक रुपमा संघिय सरकारलाई झकझक्याउने जिल्लामा सबै भन्दा पहिलो पालिकाका रुपमा नरहरिनाथ गाउँ पालिका रहेको पाइएको छ ।

    यस अघि नरहरिनाथ गाउँ पालिकाका जनप्रतिनिधिले २ करोक ५० लाखको भात खाएको भन्ने हल्ला निराधार भएको छ। मलेपले २५ लाख खाजा नास्ता खर्च भएको र टाइपिङ मिस्टेक भएको स्विकार गरिसकेको छ।

    फाेटाे : कमल काेपिला

    प्रतिकृया दिनुहोस्