Skip

News Portal

  • पलांताकी रिउलि रोकायाको हेलिकप्टर मार्फत उद्धार

    रुपेन्द्र ऐडी२४ माघ
    १८१ पटक
    २४ माघ

    कालीकोट । पलाँताकी रिउलि रोकायाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर नेटा स्वास्थ्य चौकीमा उपचार हुन नसकेकी पलांता गाउँ पालिका वडा नं ६ उखाडी निवासि रिउली रोकायाको सुत्केरी हुन नसक्दा थप उपचारका लागि सुर्खेत लगिएको छ ।

    स्वास्थ्य चौकी नेटाको अनुरोधमा पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाको पहलमा जिल्ला प्रशासन कार्यालय कालीकोट मार्फत रिउलिको हेलिकप्टर मार्फत उपचारका लागि उद्धार गरिएको पलांता गाउँ पालिका प्रवक्ता तिलक बुढाले जानकारी दिएका छन ।

    राष्ट्रपति उत्थान कार्यक्रम अन्तरगत रिउलिको उद्धार गरिएको बताइएको छ । पलांता गाउँ पालिका प्रवक्ता बुढाले उक्त कार्यमा सहयोग गर्ने सबैलाई धन्इवाद दिएका छन ।

    प्रतिकृया दिनुहोस्