माओवादीमा नेता कार्यक्रताको वर्गिकरण, कुन प्रदेशमा कति अभियानमा खटे !

7
SHARES
15
VIEWS

काठमाडौ । नेकपा माओवादीले थालेको ४ महिने अभियानको केन्द्रिय स्तरमा समिक्षा हुने भएको छ । गएको भाद्र १६ गते देखि पौष १५ गते सम्म संचालित जनता संग माओवादी विशेष रुपान्तरण अभियान का खट्ने नेता कार्यक्रताको वर्गिकरण गरेर आवश्याक कार्वाही गर्ने भएको छ। नेकपा माओवादी केन्द्रको माघ २८ र २९ गते केन्द्रिय समिति बैठक बसेर अल्छि नेतालाई स्पष्टिकरण सोध्ने भएको छ। जस अनुसार प्रदेश समितिले दिएको प्रतिवेदन अनुसार तपसिल बमोजिमको अवस्था देखिएको बताइएको छ।

कुन प्रदेशमा कति छन् अल्छी नेता ?

कोशीमा चार प्रकारका नेताहरूको कार्य विभाजन गरिएको पाइएको छ । इमानदार अर्थात् क वर्गमा केन्द्रीय सदस्य ३३ प्रतिशत रहेको सचिवालयले जनाएको छ । ख वर्ग अर्थात ठिकठिकै काम गर्ने नेताहरू ३० प्रतिशत, अलिअलि काम गर्ने २५ प्रतिशत र कामै नगर्ने नेताहरू १२ प्रतिशत जति रहेको बुझिएको छ ।

कर्णालीमा ६८ प्रतिशत इमानदारपूर्वक खटिएको पाइएको छ । २२ प्रतिशत मध्यम र १० प्रतिशतले कामै नगरेको सचिवालयले जनाएको छ ।

लुम्बिनी कामै नगर्ने नेताहरू ५ प्रतिशत, इमानदारपूर्वक काम गर्ने ८० प्रतिशत र मध्यम खालका १५ प्रतिशत रहेको सचिवालयले जनाएको छ । गण्डकीमा बिरामीका कारण केही नेता फिल्डमा नगए पनि समग्रमा राम्रो रहेको प्रदेशकी अध्यक्ष गायत्री गुरुङको दाबी छ ।

बागमती प्रदेशको तथ्याङ्क प्राप्त भएको छैन । यद्यपि ९० प्रतिशतको हाराहारीमा फिल्डमा खटिएको सचिवालयले जनाएको छ । मधेशमा प्रदेश समिति नभएकाले स्पष्ट तथ्याङ्क प्राप्त भएको छैन । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशत केन्द्रीय नेताहरू फिल्डमा नगएको पाइएको छ । ४० प्रतिशतले इमानदारपूर्वक काम गरेको सचिवालयले जनाएको छ ।

रातोपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित