पचालझरना र पलांताका शाहसिक योद्धा : जसले गरे जनयुद्ध दिवसमा सार्वजनिक विदा

7
SHARES
15
VIEWS

कालीकोट । सर्वाेच्च अदालतले जनयुद्ध दिवसलाई खारेज गरेको परिपेक्ष्यमा कालीकोटका दुई गाउँ पालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका छन । आज बसेको पलांता गाउँ पालिका र पचालझरना गाउँ पालिकाको कार्यपालिका बैठकमा फागुन १ गतेको दिनलाई जनयुद्ध दिवसको अवसरमा पालिका स्तरमा सार्वजनिक विदा दिने निर्णय गरेको बताइएको छ ।

पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकाया(इन्द्र)ले कार्यपालिका बैठकमा प्रस्ताव राखेको र सहभागि सबैले सर्वसम्मत रुपमा सार्वजनिक विदा दिने निर्णय भएको बताएका छन । उनका अनुसार स्थानिय सरकार स्वयत्त सरकार भएकाले विदा दिने बारेमा सर्वसम्मत निर्णय गरिएको बताइएको छ । त्यसै गरी पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही(अग्नि)ले कार्यपालिका बैठकले सर्वसम्मत निर्णय गरिएको बताएका छन ।  यस अघि माडि गाउँ पालिका रोल्पाले सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

कुन पालिकामा कस्काे सरकार :
कालीकोटका पचालझरना र पलांता गाउँ पालिकामा माओवादी केन्द्रको बहुमतको सरकार रहेको छ भने अन्य पालिकामा भने सयुक्त सरकार भएकै कारण सार्वजनिक विदा दिने निर्णय गर्न नसकेको बताएको छ ।

रास्कोटमा माओवादी केन्द्रका तर्फबाट नगर प्रमुख र एकिकृत समाजवादीका तर्फबाट उपप्रमुख सहितको सयुक्त सरकार छ भने सान्नित्रिवेणिमा माओवादी केन्द्रका स्वतन्त्रबाट निर्वाचित अध्यक्ष र एमालेका तर्फबाट उपाध्यक्ष रहेका छन भने नरहरिनाथ गाउँ पालिकामा अध्यक्ष नेपालि कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र रहेको बताइएको छ ।

त्यसै गरी शुभकालिका गाउँ पालिका अध्यक्ष माओवादी र उपाध्यक्षमा नेपालि कांग्रेस र महाबै गाउँ पालिकामा माओवादी केन्द्र अध्यक्ष र उपाध्यक्षमा एमाले त्यसै गरी खांडाचक्र नगरपालिकामा नगर प्रमुख स्वतन्त्रबाट एकिकृत समाजवादी र उपप्रमुख माओवादी केन्द्रको प्रतिनिधित्व रहेको छ भने तिलागुफा नगर पालिकामा नेपालि कांग्रेस र एमालेको सयुक्त सरकार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित