News Portal

  • कालीकाेटका पलाँता र पचालझरनामा जनयुद्ध दिवसमा सार्वजनिक विदा,रास्काेटमा साँस्कृतिक कार्यक्रम गरिने

    कर्नालीसंचार संवाददाता२७ माघ
    १३८ पटक
    २७ माघ

    कालीकोट । सर्वाेच्च अदालतले जनयुद्ध दिवसलाई खारेज गरेपनि कालीकोटका दुई गाउँ पालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका छन । आज बसेको पलांता गाउँ पालिका र पचालझरना गाउँ पालिकाको कार्यपालिका बैठकमा फागुन १ गतेको दिनलाई जनयुद्ध दिवसको अवसरमा पालिका स्तरमा सार्वजनिक विदा दिने निर्णय गरेको बताइएको छ ।

    पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकाया(इन्द्र)ले कार्यपालिका बैठकमा प्रस्ताव राखेको र सहभागि सबैले सर्वसम्मत रुपमा सार्वजनिक विदा दिने निर्णय भएको बताएका छन । उनका अनुसार स्थानिय सरकार स्वयत्त सरकार भएकाले विदा दिने बारेमा सर्वसम्मत निर्णय गरिएको बताइएको छ । त्यसै गरी पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही(अग्नि)ले कार्यपालिका बैठकले सर्वसम्मत निर्णय गरिएको बताएका छन ।

    त्यसै गरी रास्काेट नगरपालिकाले साँस्कृतिक कार्यक्रम गर्ने भएकाे छ । रास्काेट नगरपालिलका शिक्षाा शाखाले सँघिय गणतन्त्र स्थापनाका लागि जनयुद्धकाे भुमिका विषयक माध्यमिक विद्यालयका कक्षाा  ९  देखि  १२ का लागि १५ मिनेटकाे लघु सडक नाटक,नृत्य ५ ५ जना समुह देउडा तथा बेलुन फुटाउने कार्यक्रम राखिएकाे छ ।साे कार्यक्रम बडिमालिका माध्यमिक विद्यालय स्युनामा  हुने भएकाे शिक्षा शाखा प्रमुख खेमराज शाही द्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएकाे छ ।

    प्रतिकृया दिनुहोस्