Skip

News Portal

  • कालीकोटका ४ स्थानिय तहले जनयुद्ध दिवसमा विदा दिए,रास्कोटले कार्यक्रम गरेर मनाउदै

    रुपेन्द्र ऐडी
    ४५७ पटक

    कालीकाेट । कालीकाेटका  ४ स्थानिय तहले जनयुद्ध दिवसका अवसरमा विदा दिने एउटा पालिकाले सडक नाटक गरेर मनाउने भएकाे छ । जल्लाभर ९ स्थानिय तह रहेकाे कालीकाेटका ५ पालिकाले सर्बाेच्चकाे फैसला विरुद्ध कार्यक्रम गर्ने भएका हुन । सबै भन्दा पहिलाे पलाता गाउँ पालिकाले जनयुद्ध दिवस फागुन १ गते विदा दिने निर्णय गरेकाे हाे भने त्यस पछि पचालझरना,महाबै र खाँडाचक्र नगरपालिकाले समेत विदा दिएकाे हाे ।

    त्यसै गरी रास्काेट नगरपालिकाले जनयुद्ध दिवसकाे अवसरमा सँघिय लाेकतान्त्रिक गणतन्त्रमा जनयुद्धकाे भुमिका विषयक सडक नाटक गरेर मनाउने   कार्यक्रम  राखेकाे बताइएकाे छ ।  देशभरमा माअाेवादी केन्द्रले जितेका पालिका मध्ये कर्नालि प्रदेशकाे कालीकाेट जिल्लाका ९ पालिका मध्ये ५ वटा पालिकाले विदा दिने विषयमा जिल्लाभर हल्लिखल्लि मचिएकाे छ ।

    यस बारेमा जिल्ला सदरमुकाम मान्ममा खा‌डाचक्र नगर पालिका मातहतका कार्यलयहरुमा विदा हुने भएकाे छ भने जिल्ला स्थित सरकारी कार्यलयहरु खुला रहने छन । सँघिय सरकारले सर्वाेच्चकाे अादेशकाे पालना गर्ने छ भने स्थानिय सरकारले भने पालिकाकाे निर्णय मान्ने भएकाे हाे ।स्थानिय सरकार स्वायत्त हुने भएका कारण विदा दिनु स्वभाविक भएकाे बुझाइ हुने थालेकाे भएपनि जनयुद्ध दिवसमा पहिलाे घाेषणा गर्ने पलाता र पचालझरनालाइ भने बधाइकाे ओइराे आएकाे  छ ।

    पतालामा विवाद भएकाे भन्ने सामाजिक सँजालमा अाएकाे भएपनि कार्यपालिका बैठकमा सर्वसम्मत निर्णय  भएकाे पलाँता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर राेकायले बताएका छन ।राेकायले जनयुद्धकै कारण नेपाल संघीय गणतन्त्रात्मक व्यवस्थामा आएको स्मरण गर्दै  विदा दिएकाे बताएका छन ।

    विश्वकाे तुलनामा नेपालमा १० वर्ष सम्म चलेकाे जनयुद्धका कारण अाएकाे परिवर्तनलाइ सबैले साथ दिनु पर्नेमा आनाकानि गर्न नहुने पचालझरना अध्यक्ष देबराज शाहीकाे भनाइ रहेकाे छ ।त्यसै गरी रास्काेट नगर सरकारका प्रमुख धर्मराज शाही पाेषणले फागुन १ गते ऐतिहासिक दिनका रुपमा विविध कार्यक्रम गरेर मनाउन लागेकाे बताएका छन ।

    जिल्लाका  खाँडाचक्र नगरपालिका र महाबै गाउँ पालिकाले भने गाउँ सभा गरेर जनयुद्ध दिवसका अवसरमा विदा दिने निर्णय गरेका हुन । अन्य ३ स्थानिय तहमा माओवादी, काँग्रेस र एमालेकाे सयुक्त सरकार भएकाे स्थानमा भने अहिले सम्म केही प्रतिक्रिया आएकाे छैन ।

    प्रतिकृया दिनुहोस्