Skip

News Portal

  • फागुन १ गतेको सन्दर्भमा भ्रम र सत्यता

    राम बहादुर भण्डारी२९ माघ
    १८६ पटक
    २९ माघ

    कालीकोट । जनयुद्ध दिवसका सन्दर्भमा व्यापक मात्रामा समर्थन र थोरै मात्रामा विरोध भइरहेको अवस्थामा राम बहादुर भण्डारीले टिप्पणी गर्दै यसो भनेका छन।
    १. नेपाल सरकारले २०७९/१२/०२ गते प्रकाशित राजपत्र बमोजिम २०८०/११/०१ गते जनयुद्ध दिवशका अवसरमा दिने भनिएको बिदाका बिरुद्धमा अदालतमा मुद्धा परिसकेपछी अदालतले नेपाल सरकार र प्रदेश सरकारहरुद्वारा जनयुद्ध दिवशका दिन दिने भनिएको बिदा खारेज गरेको हो ! सर्बोच्चको सूचनामा नेपाल सरकार र प्रदेश सरकारलाइ इङ्गित गरिएको छ तर स्थानीय तहलाइ इङ्गित गरिएको छैन !
    २. स्थानीय तहले आफुलाइ उपयुक्त लागेको समयमा बिदा दिन पाउने हो भने जो जसलाइ फागुन १ गते बिदा दिन उपयुक्त लाग्छ दिने नै भए !
    ३. यो समय उत्तर आधुनिक्ताबादको समय भएकोले सत्य बहुआयामिक हुने भयो ! माओबादीहरुलाइ जन्युद्ध र जनयुद्ध दिवश प्यारो लाग्ने भयो र गैर माओबादीलाइ प्यारो नलाग्ने भयो !
    ४. गृह मन्त्रालयको माघ २९ को सूचनाले अदालत द्वारा खारेज गरिएको बिदा अब छैन भन्ने जानकारी गराएको हो ! त्यो पत्रले स्थानीय तहद्वारा दिएको बिदाको बारेमा बोलेको छैन ! किनकी पत्रमा अदालतको आदेश बमोजिम भनिएको छ जबकी स्थानीय तहद्वारा दिएको बिदाका सम्बन्धमा आजसम्म अदालतले केही बोलेको छैन !
    ५. स्थानीय तहहरुद्वारा फेरि सूचना प्रकाशीत नहुँदा सम्म घोषित बिदाहरु कार्यान्वयनमा रहने भए !

    प्रतिकृया दिनुहोस्