माओवादी केन्द्र कालीकोटले मनायो जनयुद्ध दिवस

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) र बैद्य नेतृत्वको क्रान्तिकारी कम्यूनिष्ट पार्टी कालीकोटले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। २०५२ साल फागुन १ गते को दिनलाई स्मरण गर्दै नेकपा (माओवादी केन्द्र) र क्रान्तिकारी कम्युनिष्ट पार्टी  कालिकटले सयुक्त रुपमा जिल्ला स्थित सरोकारवाला निकायको उपस्थितिमा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सरोज बोगटी, क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य कर्ण बहादुर विसी सहितका नेताहरुको आतिथ्यतामा जनयुद्ध दिवस मनाइएको हो ।

सो कार्यक्रममा अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक खगेन्द्र मल्लको संचालन तथा खाँडाचक्र नगर कमिटी अध्यक्ष मिन बहादुर कार्कीको अध्यक्षतामा भएकाे कार्यक्रमका अतिथिहरुले जनयुद्ध नभएको भए राजाको शासन कायम रहेको अवस्थामा जयजयकार गर्ने अवस्था हुने अवस्था कायम रहने स्मरण गरेका छन। जनयुद्ध दिवस शुभकामना आदान प्रदान कार्यक्रमम नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज विष्टले जनयुद्धको बेला देखाइएका अधुरा सपनाहरुको पुरा हुनुका साथै जनताको पक्षमा काम निरन्तर रूपमा अघि बढोस भन्ने शुभकामना दिएका छन ।

शहिद परिवारका तर्फबाट जगेन्द्र प्रसाद आचार्यले शुभकामना दिदै  शहिदका सपना पुरा गर्न अभाव रहेको बताएका छन।

त्यसैगरी कार्यक्रमका अतिथि सरोज बोगटीले आफू जनयुद्धमा लड्दा जनताका विचमा गरेका बाचाहरु पुरा गर्न आफ्ना पार्टी लागि परेको बताउँदै अपूर्णतालाइ पूर्णता दिने प्रतिवद्धता व्यक्त गरेका छन।

शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष जसि प्रसाद पाण्डे, क्रान्तिकारी कम्यूनिष्ट पार्टीका  केन्द्रिय सदस्य कर्ण बहादुर बिसी, जनता समाजबादीका जिल्ला अध्यक्ष माधव उपाध्याय लगाएतका नेताहरुले जनयुद्धका उपलब्धिको रक्षामा जोड दिएका छन ।

कालीकोट जिल्लामा माओवादी जनयुद्धका क्रममा ४ सय ३५ जनाको बलिदानी भएको छ।

सरोकारवालाले एकताबद्ध भएर माओवादी आन्दोलनको रक्षा गर्नु पर्नेमा जोड दिदै टुटेका मनहरुलाई मलमपट्टी गरेर एकतामा जोड दिनु पर्नेमा  शुभकामना आदान प्रदान गरेको बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित