कालीकोट । जनयुद्धको आधार किल्लाका रुपमा मानिदै आएको कालीकोट जिल्लामा देशभरका स्थानिय तह मध्ये सबै भन्दा बढि विदा दिनेमा परेको छ । जिल्लाका ९ स्थानिय तह रहेको कालीकोटमा ५ वटा स्थानिय तहले विदा दिनुका साथै उल्लाासमय रुपमा २९ औं जनयुद्ध दिवस मनाइएको छ । कालीकोटको रास्कोट नगरपालिकाले सांस्कृतिक मय रुपमा मनाएको छ भने महाबै गाउँ पालिकाले शहिद परिवारलाई सम्मान गरेर जनयुद्ध दिवस मनाएको छ ।
जिल्लाको पलांता गाउँ पालिकाका सबै वडामा नेकपा(माओवादी केन्द्र)ले शहिद परिवारलाई सम्मान गरेको बताइएको छ । नेकपा(माओवादी केन्द्र) पलांताका सचिव सर्जन बुढाका अनुसार वडा न.१ देखि ३ सम्मको राडुनेटा,वडा न.४ देखि ६ सम्म खिन नेटा र वडा न.७ देखि ९ सम्मको बेर्सनकोटमा शहिद परिवारलाई सम्मानका साथै देउडा तथा सांस्कृति कार्यक्रम गरेर मनाइएको हो । त्यसै गरी पचालझरना गाउँ पालिकाको पडेक्षामा नेकपा(माओवादी केन्द्र)ले सांस्कृतिक कार्यक्रम सहित जनयुद्ध दिवस मनाएको हो ।
पचालझरना गाउँ कमिटी अध्यक्ष गौरी संज्यालका अनुसार गाउँ पालिका भरीको पालिकामा केन्द्रित गरेर कार्यक्रम मनाइएको बताएका छन । उता सान्नित्रिबेडि गाउँ पालिकामा बाजागाजा सहितको जनयुद्ध दिवस मनाइएको छ भने नरहरिनाथ गाउँ पालिकाको माल्कोटमा पनि स्थानिय सरकारको आयोजनामा जनयुद्ध दिवसका अवसरमा शहिद परिवारलाई सम्मान गरिएको छ ।
त्यसै गरी अखिल क्रान्तिकारी कालीकोटले जिल्लाको पिलिमा गएर दिपावलि सहित जनयुद्ध दिवस मनाइएको छ । त्यसै गरी खांडाचक्र नगरपालिकाका विभिन्न वडामा समेत कार्यक्रम गरी मनाइएको छ ।
विद्यार्थि नेताद्धारा केन्द्रिय नेताको आलोचना :
नेकपा(माओवादी केन्द्र) र क्रान्तिकारी कम्युनिष्ट पार्टीले सयुक्त रुपमा कालीकोटमा मनाएको जनयुद्ध दिवसका अवसरमा बोल्ने माओवादी निकट विद्यार्थि संगठनका नेताहरुले जनयुद्धमा त्याग तपस्या गर्नेहरुको भन्दा अवसरबादीहरुको हालिमुहालि भएको भन्दै चर्काे विरोध जनाएका छन ।
खांडाचक्र नगर पालिका वडा न.४का वडा अध्यक्ष तथा अखिल क्रान्तिकारी कालीकोटका पूर्व नेता प्रबानन्द आचार्यले युवा विद्यार्थिहरुका कांधमा टेकेर नेता भइ कुर्चिमा पुगेर व्यक्तिगत स्वार्थ र परिवारवादमा फसेको आरोप लगाएका छन ।
अहिले नेताका छोराहरु बालेन हाइ हाइ भन्न पछि नपरेको समेत आरोप लगाउदै जनयुद्धका बारेमा बोल्न हिच्किचावट हुने अवस्था आएको र नेताहरुका छोरा छोरी पढ्ने विद्यालय वा कलेजमा अखिल क्रान्तिकारीको संगठ खोलेर संगठित हुन चेतावनि समेत दिएका छन । त्यसै गरी अखिल क्रान्तिकारी कालीकोटका संयोजक समेत रहेका खगेन्द्र मल्लले पहिलेका बाचा त धेरै परको कुरा भएको तर अहिले पनि कुर्चिमा पुगेका नेताहरु अन्तिम स्वार्थ हो भनेर व्यक्तिगत स्वार्थका लागि अग्रसर भएको आरोप लगाएका छन ।पार्टी बाहिरको भन्दा पनि पार्टीको असन्तुष्टि हल गर्न नेताहरुको जोड दिनु पर्ने सर्वत्र आवाज उठ्न थालेको छ ।
Discussion about this post