Skip

News Portal

  • पलातामा कृषि बारीमा घुम्ति तालिमबाट कृषकहरु खुशी

    रुपेन्द्र ऐडी३ फागुन
    २४६ पटक
    ३ फागुन

    कालीकोट । पलाताले कृषकको बारीमा पुगेर हिउंद विरुवा काटछाँट सहित घुम्ति तालिम शुरु गरेको छ । पलाता गाउँ पालिका स्थित कृषि विकास शाखाले पलाता २ को राडुनेटामा घुम्ति तालिम संचालन गरेको छ । सो तालिममा सहभागी कृषकहरुले कृषकको बारीमा पुगेर विरुवा काँटछाँट गरेका छन ।

    पलाताका अगुवा कृषक छत्र बहादुर कार्कीको उपस्थितिमा प्रयोगात्मक तरिकामा जिल्ड स्तरमा गएर विरुवा काँटछाँट सम्बन्धि तालिम संचालन गरिएको  कृषि शाखा प्रमुख रुपक बमले जानकारी दिएका छन ।

    घुम्ति कृषि तालिममा सहभागी कृषकहरुले बारीमा पुगेर गरिएको तालिमबाट महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन । पलाता गाउँ पालिकाले कृषि पकेट क्षेत्र निर्धारण गरी सोही अनुसारको तालिम तथा कृषि औजार र अन्य व्यवस्थापन गर्दै आएको बताइएको छ ।

    अगुवा कृषक छत्र कार्कीले पलातामा स्याउ लगाएतका फलफूल तथा आलु उत्पादन गर्ने क्षेत्रका रुपमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्