Skip

News Portal

  • पचालझरनामा कांग्रेस पूर्ववडा सभापति सहित एक दर्जन माओबादीमा प्रवेश

    कर्नालीसंचार संवाददाता५ फागुन
    ४८५ पटक
    ५ फागुन

    कालीकोट । नेकपा माओवादी केन्द्रले आयोजना गरेको  शहिद सप्ताहका क्रममा पचाल झरना वडा नं १ मा नेपाली कांग्रेस का वडा सभापति सहित एक दर्जन नेता कार्यक्रता माओवादी केन्द्रमा प्रवेश गरेका छन । पचालझरना वडा नम्बर १ का नेपाली कांग्रेसकार पूर्व सभापति देविशरण न्यौपाने सहितका नेता तथा कार्यकर्ता रहेका छन । जसमा मनिलाल न्यौपाने, नयाँ न्यौपाने, प्रजापति न्यौपाने सहित एक दर्जन नेता तथा कार्यकर्ता रहेको बताइएको छ ।

    सो नव प्रवेशीलाई पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही, नेकपा माओवादी केन्द्र का लुम्बिनि प्रदेश सदस्य अबराज खड्का , कर्नाली प्रदेश सदस्य तथा पचाल झरना इन्चार्ज तारा न्यौपाने खडका सहितका नेताले स्वागत तथा सम्मान गरेका छन ।

    सो कार्यक्रममा जनयुद्धमा ज्यान गुमाएका शहिद परिवार लाई सम्मान गरिएको नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष  गोकुल खडका ले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्